काठमाडौँ- बाँकेको नेपालगञ्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ आयोजना हुने भएको छ । पश्चिम नेपालका पर्यटकीय गन्तव्य एवम् पर्यटन गतिविधिबारे जानकारी दिन तथा प्रचार प्रसार गर्नका लागि मार्टको आयोजना हुन लागेको हो ।
बाँकेका पर्यटन व्यवसायी, पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटेल व्यवसायी संघ हान लगायतका संघ संस्थाको सहकार्यमा मार्टको आयोजना हुने पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा आयोजकले आगामी माघ १५ देखि १७ गतेसम्म मार्टको आयोजना हुनेछ । गतवर्ष पनि नेपालगञ्जमा वेस्टर्न ट्राभल मार्ट आयोजना गरिएको थियो ।
प्रतिक्रिया