कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध : राष्ट्रपति भण्डारी « Khabarhub

कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध : राष्ट्रपति भण्डारी


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताएकी छिन् । कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को उद्घाटन गर्दै उनले आधुनिक, भौतिक र पूर्वाधार विकासका दृष्टिले कर्णाली पछि परे पनि सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताइन् । 

कर्णाली कला, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले स्रष्टालाई सम्मान गरेकोमा आफूलाई खुसी लागेकोसमेत उनले बताइन् । गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी कर्णालीमा रहेको प्राकृतिक स्रोत र साधन सदुपयोग गर्नसके सामाजिक तथा आर्थिकरूपमा समेत कर्णाली क्षेत्रलाई माथि उठाउन सकिने उनको भनाइ थियो । 

राष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिमा आधारित पर्यटन प्रवर्द्धनको ठोस योजना तथा कार्यक्रम अगाडि सारेर यसको कार्यान्वयन गर्नसके आर्थिक विकासमा फड्को मार्न सकिने धारणा व्यक्त गरिन्। उनले कर्णाली क्षेत्रले समग्र नेपालको कला र संस्कृतिमा पुर्‍याएको योगदानलाई आजको यस कार्यक्रमले उजागर गर्न मद्दत पुर्‍याएको बताइन्। 

‘आजको यस कार्यक्रमले हाम्रो मौलिक कला, संगीत र संस्कृतिको संरक्षण तथा संवर्द्धनका लागि कलाकार तथा स्रष्टाहरूलाई उत्साहित बनाउँदै अग्रसर हुन थप प्रेरणा प्रदान गर्न सहयोग मिल्ने विश्वास गर्दछु’, उनले भनिन्। 

उनले कर्णालीको सिञ्जा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थलका रूपमा मानिएको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीको संलग्नतामा कर्णाली क्षेत्रको समाज, जीवन र संस्कृतिसमेतको अध्ययनमा कर्णालीको लोक संस्कृति प्रकाशनमा आएपछि यस क्षेत्रको विशिष्टताका बारेमा हामीले थप परिचित हुने मौका मिलेको बताइन् । 

उनले विविध संस्कृतिले सजिएको नेपाल सांस्कृतिक सम्पदाले सुसम्पन्न विश्वभर परिचित रहेको बताइन्। ‘यहाँका विविध संस्कृतिभित्र मौलिक परम्परा, कला तथा साहित्य विद्यामान छ । हरेक मुलुकको संस्कृतिलाई त्यहाँको कला सामाजिक संस्कार र परम्पराले प्रत्यक्ष प्रभाव पार्ने हुनाले यसलाई समाजको दर्पण मानिएको छ’, उनले भनिन्, ‘हाम्रा मौलिक गीत संगीत र बाजाहरू अतुलनीय रहेको छ । जसले हामीलाई उन्नत राष्ट्रिय भावनामा आबद्ध गरेको छ । यसै हुनाले नेपाली समाज र संस्कृतिका रुपमा सयौँ थरी बाजा एउटै ताल भन्ने भनाइ सार्थक भएको छ भन्ने मलाई लागेको छ ।’

उनले अध्ययन, अनुसन्धान र संरक्षणका माध्यमबाट कला र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको दायित्व भएको बताइन्। 

कार्यक्रममा कलाकार शम्भुजित बाँस्कोटा, नन्दकृष्ण जोशी, अमृत खाती, समाजसेवी ज्ञानेन्द्र श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । यस्तै कलाकार एलिना सापकोटा, भीमप्रसाद गजुरेल, मेचु धिमाल, सनम कठायत, पूर्ण चौलागाईं, यमप्रसाद न्यूरेलगायतलाई सर्वोकृष्ट अवार्ड प्रदान गरिएको थियो । 

कार्यक्रममा रमानन्द आचार्यले कर्णालीका पहिचान बनाउन अभियान थाल्नुपर्ने बताए । समाजका अध्यक्ष पदम रोकायले कर्णाली क्षेत्रको समग्र कला, संस्कृतिको विकासमा योगदान पुर्‍याएबापत सम्मान र अवार्ड प्रदान गरिएको बताए। 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ६ : ३३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क