चिसोले कठ्याँग्रिएर सप्तरीमा दुई जनाको मृत्यु  « Khabarhub

चिसोले कठ्याँग्रिएर सप्तरीमा दुई जनाको मृत्यु 


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा चिसोले कठ्याँग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्याँग्रिएर एक जनाको मृत्यु भएपछि यस वर्ष अहिलेसम्म चिसोले कठ्याँग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको हो । मृत्यु हुनेमा स्थानीय अन्दाजी ६५ वर्षीय कपलेश्वर सदा रहेका छन् ।

विगत केही दिन यता तराईमा बढेको अत्यधिक चिसोको कारण अस्वस्थ रहेको सदाको सोमबार साँझ ७ बजे कठ्याँग्रिएर मृत्यु भएको स्थानीय बताएका छन् । चिसोका कारण बिरामी परेका सदा महुली उपचार गरि घर फर्केर घरैमा सुतेको अवस्थामा ज्यान गएको स्थानीय ललकु सदाले जानकारी दिएका छन् । मृतक परिवारलाई खान लगाउनसमेत समस्या हुँदै आएको थियो । कपडाको अभावमा उनको कठ्याँग्रिएर मृत्यु भएको उनले बताए ।

विगत केही समय यता सप्तरीसहित तराईका जिल्लाहरूमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर भएको स्थानीय विजय देवले जानकारी दिए । चिसो बढेपछि जिल्लाका आधिकांश पालिकाहरूले केही दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालयसमेत बन्द गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले चोक तथा सार्वजनिक स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ । यसअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय देवु सदाको चिसोले कठ्याँग्रिएर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ३७ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ