मधेस प्रदेश : मंगलबार मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन « Khabarhub

मधेस प्रदेश : मंगलबार मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै मंगलबार मधेस प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्य हुन सकेन । गठबन्धनका अन्य दलले चिसोका कारण सांसद जनकपुरमा आइपुग्न ढिलाइ भएको र अन्य व्यवस्थापकीय तयारी बाँकी रहेको जनाएपछि दाबी पेश गर्न नसकिएको जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश प्रमुख रामबाबु यादवले जानकारी दिए ।  

यसअघि जसपा मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै सरकार गठनका लागि मंगलबार नै दाबी पेश गर्ने भनिएको थियो । प्रस्तावित मुख्यमन्त्रीका दाबेदार जसपा मधेस प्रदेश संसदीय दलका नेता यादवले पनि सत्ता गठबन्धनका अन्य दलले तयारी नपुगेको भनेपछि मङ्गलबार दाबी पेश हुन नसकेको बताए। उनका अनुसार सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) ले मङ्गलबार दिउँसोसम्म संसदीय दलको नेता चयन गर्ने र अन्य दलले पनि आन्तरिक तयारीपछि दिउँसो ४ बजेसम्म दाबी पेश गर्ने भनिएको थियो तर माओवादी केन्द्रले दलको नेता चयन गर्न सकेन । 

‘सबै तयारी भए किन अन्तिमसम्म कुर्ने भन्ने थियो, तर आज आन्तरिक तयारी नपुगेपछि दाबी पेश हुन सकेन’, नेता यादवले भने, ‘अब माओवादी केन्द्रले दलको नेता चयन र अन्य दलको आवश्यक तयारी पूरा भएपछि दाबी पेश गर्छौ, सम्भवतः भोलि नै गर्छौं ।’

प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुस दिउँसो ४ बजेसम्म सरकार गठनका लागि आह्वान गरेका छन् । केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरूबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।  

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ४४ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क