चौथो जेम एण्ड ज्वेलरी एक्स्पो आगामी शुक्रवारबाट « Khabarhub

चौथो जेम एण्ड ज्वेलरी एक्स्पो आगामी शुक्रवारबाट


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात मंसिर २८ गते, विहिबार ज्वेलरी फेशन शो आयोजना गरिने संघले जनाएको छ ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पु¥याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् ।

ज्वेलरी फेशन शोमा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मल्लैका अरोराले नेपाली पोशाक र गरगहनाका साथ ¥याम्पमा उत्रिने संघले जनाएको छ । होटल याक एन्ड यतिमा विहिवार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ्ग गर्न लागेका हुन् । निःशुल्क रुपमा प्रवेश पाइने जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटन भने शुक्रवार होटल याक एन्ड यतिमा १२ः ३० मा हुने तय भएको छ । एक्स्पो बिहान १० देखि सांझ ७ बजे सम्म चालु रहने छ ।

आयोजक समितिका द्धितीय उपाध्यक्ष तथा एक्स्पो संयोजनक शक्ति कुमार बेगानले भने, “ ज्वेलरी फेशन शो” मा विख्यात भारतीय सिने अभिनेतृ एवं सञ्चारकर्मी मलैका अरोरा नेपाली पोशाक र आभुषणमा ¥याम्पमा प्रस्तुत हुँदा आर. वी. डाइमण्ड ज्वेलर्स प्रा.लि., गणपति ज्वेलर्स नेपाल प्रा.लि., सयपत्री (मेरिगोल्ड) ज्वेलर्स, क्वीन्स ज्वेल्स् प्रा.लि., धनश्री ज्वेलर्स, डि.सी. डाइमण्ड प्रा. लि. आदि विभिन्न प्रमुख ज्वेलर्स कम्पनीहरुले फेशन शो गर्नेछन् ।’

पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले चालु पुँजी कर्जा संशोधनले तात्विक असर नगरेको र कर्जा व्याजदर एकलविन्दुमा झारेमा मात्र गरगहनाको लागतमा कम पर्न गइ मुल्य घट्न जाने बताए । १५ लाख जना यो व्यवसायसँग अप्रत्यक्ष रुपमा आश्रित रहेको र २५ हजारवटा आउटलेट रहेको यो व्यवसायले वार्षिक १० अर्बको राजस्व बुझाउँदा पनि अनुत्पादक क्षेत्र भनेकोमा उनले गुनासो गरे ।
स्वदेशी वहुमूल्य धातु तथा रत्न, पत्थरको उत्खनन,प्रशोधन र उपयोग गरी आयातलाई यथाशक्य प्रतिस्थापन गर्ने, आयातित वस्तुलाई औद्योगिक कच्चा पदार्थको रुपमा मुलुक भरका आभुुपण व्यवसायीहरुले सहजरुपमा आवश्यकतानुसार उपयोग गर्न सक्ने अवस्थाको सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा बढी भन्दा बढी मूल्य अभिवृद्धि गर्ने र नेपाली मौलिक वहुमूल्य आभुषणको निकासीलाई प्रवद्र्धन गरी वैदेशिक व्यापारमा यस क्षेत्रको योगदानलाई थप विस्तार गर्ने लक्ष्यका साथ आप्mना गतिविधिहरुलाई संघले केन्द्रित गरिरहेको संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले बताए ।

हीरा, जवाहरात आदि वहुमूल्य रत्न तथा पत्थरको वहुमूल्य आभुषण उत्पादन एवं कारोवार गर्ने नेपाल रत्न तथा आभुषण संघ (नेग्जा) ले नेपाली पत्थरको प्रवद्र्धनका लागि पनि एक्स्पो सहायक सिद्ध हुने जनाएको छ । काइनाइट, ट्रुमिलिन जस्ता नेपाली पत्थरका साथ नेपाली शैलीका नेपालमा उत्पादिन गरगहनाको माग विदेशमा वढाउन र विदेशमा छरेर रहेका नेपालीहरुको ध्यानआकृष्ट गराउनका लागि एक्स्पोको आयोजना गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

टाइटल स्पोन्सरको रुश्रपमा रहेको न्युड (द नेपाल डिस्टिलरी)का सुदिक्षा अधिकारीले नेपाली उत्पादन विश्वमा चिनाउन लागिएकोले आफूहरुले सहभागिता जनाएको बताए । अर्का स्पोन्सर एइसीसीका शैलेष झाले नेपाली सीप र कलाकौशललाई विश्व बजारमा पु¥याउन एक्स्पोको आयोजना गरिएको बताए ।

लामो समय चालू रहेको लकडाउनले समग्र व्यापार व्यवसायमा नै गम्भीर प्रतिकूल असर पर्न गएको र उच्च मूल्यको वस्तुको कारोवार गर्ने व्यवसाय भएकोले आभुषण क्षेत्र झनै तहस–नहसको अवस्थामा पुगेको संघले जनाएको छ ।

 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ०० बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक