सर्जिकल समस्या अनुभवी चिकित्सकलाई देखाउनुपर्छ | Khabarhub Khabarhub

सर्जिकल समस्या अनुभवी चिकित्सकलाई देखाउनुपर्छ

‘काउन्सिलिङको कमीले सर्जरीपछि समस्या आउँछ’



पछिल्लो समय नेपालमा साधारण शल्यक्रिया गर्ने चिकित्सक तथा अस्पतालको संख्या बढ्न थालेको छ। बढेको अस्पतालले नेपालको सबै ठाउँमा समान खालको उपचार सेवा भने दिन सकेको छैन। सहर केन्द्रित उपचार सेवालाई साधारण शल्यक्रियाले पनि थप टेवा दिएको छ। जसको कारण सामान्य शल्यक्रियाबाट ठूलो समस्याको समाधान हुने गरेको छ। तर कतिपय अवस्थामा भने ठूलो खालको समस्या पनि निम्त्याउने गरेको पाइन्छ। साधारण शल्यक्रिया कस्तो उपचार हो ? यसको उपाचार कसरी हुन्छ ? शल्यक्रियाका लागि नेपालमा कस्तो कस्तो प्रविधि प्रयोग हुन्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि स्टार अस्पतालमा कार्यरत जनरल सर्जन डा. सुनिल श्रेष्ठसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

जनरल सर्जरीमा के के पर्छ, यसलाई हामीले कसरी बुझ्ने ?
जनरल सर्जरी भनेको एउटा सामान्य शल्यक्रिया हो। त्यो भन्नाले हामीले बहिरी भागमा हुने घाउ, चोटपटक, ठेउला, सानो तिनो ट्युमरको उपचार भनेर बुझ्न सक्छौँ। यो एउटा उपचार विधि हो। तर त्यो भन्दाबाहेक हाम्रो जनरल सर्जनमा जुन तालिम हुन्छ त्यसमा टाउकोमा आएको गाँठागुठी ठेउला, बाहिरी भागमा आएका ठेउलाको पनि शल्य चिकित्सा विधिबाट उपचार गरिन्छ। घाँटीमा आएको गलगाँडको पनि सामान्य शल्यक्रियाको विधिबाट उपचार गरिन्छ। पेटको एपेन्डिसाइटिस, आन्द्रामा प्वाल भएको पनि सामान्य शल्यक्रिया विधिबाट उपचार गरिन्छ। हर्निया र खुट्टामा भएका सानोतिनो घाउको पनि सर्जरी गरिन्छ। पछिल्लो समय थप नयाँ सर्जरी हुन थालेका छन्। जस्तो टाउकोका लागि न्युरो सर्जन, घाँटीको लागि इन्ड्रोक्रेन सर्जन जस्तै अरू थप टेक्नोलोजीको थप विकास हुँदै गइरहेको छ।

व्यक्ति अनुसार फरकफरक सर्जरी गर्ने हो ?
व्यक्ति अनुसार फरकफरक सर्जरी हुन्छ। जनरल सर्जनले आफ्नो सीमा के हो र उसको अनुभव के छ त्यसको आधारमा काम गर्छन्। आज भन्दा पहिला जनरल सर्जनले सबै सर्जरी गर्दथ्यो तर अहिले रोग अनुसारको सर्जनले काम गर्छन्। जुन कुरा आफूले गर्न नसकिने खालको छ भने रेफर गर्न सक्छन्। अहिले ल्याप्रोस्कोपी सर्जन जनरल सर्जनले पनि गरिरहेको हुन्छ। सकिन्छ भने गर्न पाउनु पर्दछ। त्यस्तै, हर्निया सर्जरी चिरेर पनि गरिन्छ र ल्याप्रोस्कोपी प्रविधिबाट पनि गरिन्छ। यो तालिम प्राप्त जनरल सर्जनले गर्दा हुन्छ।

नेपालका हरेक अस्पतालमा सबै खालको डाक्टर वा सर्जन हुँदैनन्। त्यस्तो बेलामा जनरल सर्जनले सर्जरी गर्दा कस्तो जोखिम हुन्छ ?
त्यस्तो केशमा पनि अलि दुर्गम ठाउँ नै छ भने बिरामीको अवस्था गम्भीर छ भने त्यो बेला अत्यावश्यक सुविधा दिनुपर्छ। त्यस्तो अवस्थामा कम्तीमा पनि गर्न सक्ने चिजहरू गरेर रिफर गर्न सक्नुपर्छ। पेट पोल्यो, आन्द्रामा प्वाल परेको छ भने उपचार गर्नसक्ने अवस्था हुन्छ।

नेपालको अवस्थामा कति अस्पतालमा रोग अनुसारको जनरल सर्जन हुनुहुन्छ ?
यो राजधानीमा धेरै नै विकास भएको छ। हरेक सर्जरीका आ–आफ्नै डाक्टर छन्। जस्तो: ब्रेन सम्बन्धी न्युरो सर्जरी, इन्ड्रोक्रेन थाइराइड सम्बन्धी, पेराटिक्स सर्जरी छाति सम्बन्धी, कार्डियाक सर्जरी, मुटु सम्बन्धी लगायतका हरेक छुट्टाछुट्टै सर्जरी गर्ने जनरल सर्जन पाइन्छ। विदेशमा जस्तो जोसँग मन लाग्यो त्यो डाक्टरकोमा जान सकिँदैन तर तत्कालीन रूपमा आवश्यक पर्ने सेवा दिन सकिन्छ।

जनरल सर्जरीमा सुरुवाती अवस्थामा र अहिले के फरक पाउनु भएको छ ?
धेरै फरक छ। मैले आज भन्दा २० वर्ष अगाडि जनरल सर्जरीमा डिग्री लिएको हुँ। त्यो बेला ल्याप्रोस्कोपी सर्जरी भर्खर आएको थियो। हामीले प्राक्टिस गर्याै र आजको दिनमा आयौँ। अहिले धेरै उपचारका विधि र पद्धति उपलब्ध भएका छन्। प्रविधिले यसलाई सहज पनि बनाएको छ।

पछिल्लो समय सजिलो र अत्यधिक रूपमा कस्तो सर्जरी प्रयोग भएको छ ?
उदाहरणको लागि मिर्गौला सम्बन्धी अप्रेसनमा हामीले पास गरेर आउँदा सबै चिरेर गरिन्थ्यो। त्यो बेला इन्डो यूरोलोजी जुन तलैबाट पाइप पठाएर पत्थरीको अप्रेसन गर्न समस्या थियो। तर आज आएर सबै तलबाटै क्यामेरा पठाएर गरिन्छ। मेडिकल साइन्समा यो राम्रो उपलब्धि हो।

कस्तो अवस्थामा जनरल सर्जरी गरेपछि ठूलो समस्या आउने हो ?
सर्जरी भनेको एक प्रकारले चिरफार गर्ने नै हो। त्यसमा केही केही समस्या आउन सक्छ। त्यसैले हामीले पहिला नै बिरामीलाई सचेत बनाउँछौँ। सानो चिरफार भन्दा पनि त्यो चिरेको ठाउँमा केही न केही समस्या आउनसक्छ। शल्यक्रिया गरेपछि राम्ररी ख्याल गर्नुपर्छ। त्यसैले काउन्सिलिङको कमीले गर्दा त्यस्तो समस्या आउँछ।

जनरल सर्जरी गर्दा बिरामीले के के कुरामा ध्यान दिने त ?
बिरामीलाई केको अप्रेसन गर्न लागेको भनेर बुझाउनु आवश्यक हुन्छ। अप्रेसन गर्ने डाक्टर कस्तो हो ? कतिको तालिम छ भनेर पनि बुझ्नुपर्छ। आज पास गरेको छ भोलि ठूलो अप्रेसन गर्नु हुँदैन। अप्रेसन गर्दा सानोबाट सुरु गर्नु पर्दछ। पास गरेपछि पनि उसले कम्तिमा दुई वर्ष जति त आफ्नो सिनियरको अन्डरमा काम गर्नु पर्दछ। बिरामीलाई पनि के गर्न लागेको कतिको समस्या आउन सक्छ भनेर बुझाउन सक्नु पर्दछ।

तपाईंसँग जनरल सर्जनको लामो अनुभव छ। केही भन्नै पर्ने विषय छुटेका छन् कि ?
सर्जिकल समस्या देखिएमा बिरामीले अनुभवी डाक्टरलाई देखाउनुपर्छ। समस्या भयो भनेर जाँच नै नगरी मेडिकलबाट औषधि किनेर खानु हुँदैन। उपचारको नाममा कसैको हल्लाका पछाडि लाग्ने काम गर्नु हुँदैन।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : ३३ बजे

दरबारमार्गतिर अघि बढ्यो एमालेको जुलुस (तस्बिरहरू)

काठमाडौं- बिहान ११ बजे सुरु हुने भनिएको सत्तारुढ नेकपा एमालेको आमसभा

चिसोमा हिटर बाल्दा यी कुरामा ध्यान दिनुहोस् !

काठमाडौं– कात्तिक लागेसँगै चिसो बढिरहेको छ । यो चिसोमा गाउँघरतिर

दुर्गा प्रसाईंका समर्थकहरूको सभा कोटेश्वरमा

काठमाडौं- भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतमा रहेका बेला उनका

सुरु भयो एमाले जागरण सभाको र्‍याली 

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँमा हुन लागेको

नेपालमा लगानी गर्ने वातावरण सृजना भएको छ : अर्थमन्त्री 

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने