शुभम् पावरको आईपीओ बाँडफाँट, एशियन हाइड्रोको बिक्री खुला | Khabarhub Khabarhub

शुभम् पावरको आईपीओ बाँडफाँट, एशियन हाइड्रोको बिक्री खुला


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुभम् पावर लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट भएको  छ भने एसियन हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्दैछ।

शुभम् पावरमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर हात पारेका छन्। जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओका लागि कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको छ।

शुभम् पावर लिमिटेडमा कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ। ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरूलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो। कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

यस्तै एसियन हाइड्रोले भने सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो।आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरी बाँडफाँड समेत गरिसकेको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : ४७ बजे

भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या

स्याङ्जाका एघार अतिरिक्त हुलाक खारेज

स्याङ्जा– स्याङ्जाका ११ अतिरिक्त हुलाक कार्यालयहरू खारेज भएका छन् ।

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

सुर्खेत– कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दशैँमा राम्रो

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाँके– घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र