खेलकुद

भक्तपुरको ख्वपमा खेलकुद सप्ताह सुरु

By खबरहब

February 10, 2023

भक्तपुर –  जिल्लाको ख्वप कलेजमा खेलकुद सप्ताह २०७९ को सुरु भएको छ। ख्वप माविको २३औं, ख्वप कलेजको २१औं, शारदा क्याम्पसको ३२औं वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरू सुरु गरिएको हो।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको समूह ख्वप सर्कलका उपाध्यक्ष तथा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले शुक्रबार प्रतियोगिताको उद्घाटन गरेकी हुन्।

प्रतियोगिताको उद्घाटन सत्रमा  छात्रा एक हजार मिटर र छात्रा तीन हजार मिटर दौड प्रतियोगिता सुरु भएको छ।  वार्षिकोत्सवको अवसरमा बिहीबार चित्रकला प्रतियोगिता भएको थियो। प्रतियोगितामा कक्षा ८ देखि कक्षा १० समूहमा जेन्युइन इगलिश सेकेण्डरी स्कुलका जोहेन कायष्ठ प्रथम भएका थिए।

कक्षा ११ र १२ को समूहमा भने सैनिक आवासीय महाविद्यालयका देमिन प्रजापति प्रथम भएका थिए। वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरू हुने क्रममा शुक्रबार नै छात्र र छात्रा व्याडमिन्टन हुनेछन्। टेबुलटेनिस छात्र र छात्रा, सटपुट छात्र र छात्रा, चेस छात्र र छात्रा तथा फुटसल छात्र शनिबार सुरु हुने जनाइएको छ।

साथै छात्रा फुटसल, भलिबल छात्र र छात्रा आइतबारबाट सुरु हुने जनाइएको छ।