‘निजी क्षेत्र पलायन हुँदा अर्थतन्त्र धराशयी हुन्छ’ « Khabarhub

‘निजी क्षेत्र पलायन हुँदा अर्थतन्त्र धराशयी हुन्छ’


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थविद् कमलेश अग्रवालले अर्थतन्त्र धराशयी हुँदा निजी क्षेत्र ठूलो समस्यामा परेको बताएका छन् । खबरहबले आयोजना गरेको कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्षसमेत रहेका अर्थविद् अग्रवालले निजी क्षेत्रको अवस्थाबारे सरकार जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

अहिले बैंकको ब्याजदरले गर्दा निजी क्षेत्र ठूलो समस्यामा रहेको भन्दै त्यसको समाधानका लागि सरकार रमिते बन्नु दुःखद भएको उनले टिप्पणी गरे । उच्च बैंक ब्याजदरमा नेपाल विश्वकै पाँचौ देश रहेको भन्दै यसले निजी क्षेत्रलाई ठूलो संकट सिर्जना गरेको अग्रवालले बताए ।

अहिले रेमिट्यान्सले देश धानिरहेको अवस्था भएपनि त्यो भोलिका दिनमा दायाबाँया हुँदा झन् ठूलो संकट आउन सक्ने उनले चेतावनी दिए । उद्यमी व्यवसायीसँग पैँसा नभएको खण्डमा देशले कहिल्यै प्रगति गर्न नसक्ने पनि अग्रवालको भनाई छ ।

तर भूकम्प र कोभिड महामारीले गर्दा उद्यमी व्यवसायीसँग पुँजी नरहेको भन्दै त्यसको उत्थानका लागि सरकारले कुनै कदम चाल्न नसकेको उनको टिप्पणी छ । निजी क्षेत्र पलायन हुँदै गएमा नेपाल पनि श्रीलंका बन्न सक्नेतर्फ सचेत हुनुपर्ने अग्रवालको भनाई छ ।

सरकारले राष्ट्र बैंकमा पैँसा थन्क्याएर मात्रै नहुने भन्दै बजारमा पैँसा पठाउनुपर्ने आवश्यकता रहेको अग्रवालले बताए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : ३१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल