संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राससकी खड्का सर्वसम्मत निर्वाचित « Khabarhub

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राससकी खड्का सर्वसम्मत निर्वाचित


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समिति राससकी कालिका खड्का सर्वसम्मत निर्वाचित भएकी छिन् ।

उपाध्यक्षमा पर्दाफास डटकमका दीपक खरेल, महिला उपाध्यक्षमा नागरिक दैनिककी भाषा शर्मा, महासचिवमा राजधानी दैनिकका निराजन पौडेल, सचिवमा नयाँ पत्रिका दैनिकका शिल्पा कर्ण, कोषाध्यक्षमा ग्यालेक्सी फोरकेका वासु खड्का, सदस्यहरू न्युज एजेन्सी नेपालका सविन धमला र रेडियो नेपालका अर्जुन श्रेष्ठ चयन भएका हुन् ।

साधारणसभाको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कानून पत्रकारहरूले समाचार लेख्दा र सम्पादन गर्दा पत्रकार आचारसंहिता उल्लङ्घनका घटना कम हुने विश्वास व्यक्त गरे ।

अनलाइन खबरका प्रधानसम्पादक शिव गाउँलेले मञ्चको स्थापना र कानून क्षेत्रका विसङ्गति उत्खननको विगत र वर्तमानका विषयमा प्रकाश पारे । उनले विगतमा भन्दा अहिले कानून पत्रकारिताको क्षेत्र फराकिलो भएको बताए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : ४० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको