संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राससकी खड्का सर्वसम्मत निर्वाचित « Khabarhub

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राससकी खड्का सर्वसम्मत निर्वाचित


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समिति राससकी कालिका खड्का सर्वसम्मत निर्वाचित भएकी छिन् ।

उपाध्यक्षमा पर्दाफास डटकमका दीपक खरेल, महिला उपाध्यक्षमा नागरिक दैनिककी भाषा शर्मा, महासचिवमा राजधानी दैनिकका निराजन पौडेल, सचिवमा नयाँ पत्रिका दैनिकका शिल्पा कर्ण, कोषाध्यक्षमा ग्यालेक्सी फोरकेका वासु खड्का, सदस्यहरू न्युज एजेन्सी नेपालका सविन धमला र रेडियो नेपालका अर्जुन श्रेष्ठ चयन भएका हुन् ।

साधारणसभाको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कानून पत्रकारहरूले समाचार लेख्दा र सम्पादन गर्दा पत्रकार आचारसंहिता उल्लङ्घनका घटना कम हुने विश्वास व्यक्त गरे ।

अनलाइन खबरका प्रधानसम्पादक शिव गाउँलेले मञ्चको स्थापना र कानून क्षेत्रका विसङ्गति उत्खननको विगत र वर्तमानका विषयमा प्रकाश पारे । उनले विगतमा भन्दा अहिले कानून पत्रकारिताको क्षेत्र फराकिलो भएको बताए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : ४० बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य