बेलायती अर्थतन्त्रमा सुधारको सङ्केत « Khabarhub

बेलायती अर्थतन्त्रमा सुधारको सङ्केत


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बावजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको पाइएको छ ।

शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल ग्रहस्थ्य उत्पादन चौथो त्रैमासिकमा शून्य वृद्धिदर देखिएको छ । यसअघिको त्रैमासिकमा बेलायतको कुल ग्राहस्थ उत्पादन शून्य दशमलब ३ प्रतिशतले सङ्कुचित भएको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ ।

ओएनएसले सन् २०२१ मा ७.४ प्रतिशतको वृद्धिपछि दशकौंको उच्च मुद्रास्फीतिलाई कम गर्दै गत वर्ष समग्रमा ४.१ प्रतिशतले मुलुकको अर्थतन्त्र विस्तार भएको उल्लेख गरेको छ ।

अर्थमन्त्री जेरेमी हन्टले बेलायतले ‘मन्दीबाट जोगिन’ गरिएका प्रयास र प्रयोगमा जोड दिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ५ : ०४ बजे

कांग्रेसले बहालवाला नेतालाई राष्ट्रियसभा र प्रदेशसभामा उम्मेदवार नबनाउने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई

‘विविधता भित्रको राष्ट्रिय एकता नै नेपाली हुनुको पहिचान हो’

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू

आज अन्तर्राष्ट्रिय बैंक र एकपक्षीय दबाबविरुद्धको दिवस

काठमाडौं – आज अन्तर्राष्ट्रिय बैंक दिवस परेको छ । एकपक्षीय

धोबीखोलामा साइकलसहित एक व्यक्ति मृत फेला

काठमाडौं – काठमाडौंको धोबीखोलामा एक व्यक्ति साइकलसहित मृत अवस्थामा भेटिएका

आजको मौसम पूर्वानुमान : काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस मापन

काठमाडौं – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको