बेलायती अर्थतन्त्रमा सुधारको सङ्केत « Khabarhub

बेलायती अर्थतन्त्रमा सुधारको सङ्केत


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बावजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको पाइएको छ ।

शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल ग्रहस्थ्य उत्पादन चौथो त्रैमासिकमा शून्य वृद्धिदर देखिएको छ । यसअघिको त्रैमासिकमा बेलायतको कुल ग्राहस्थ उत्पादन शून्य दशमलब ३ प्रतिशतले सङ्कुचित भएको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ ।

ओएनएसले सन् २०२१ मा ७.४ प्रतिशतको वृद्धिपछि दशकौंको उच्च मुद्रास्फीतिलाई कम गर्दै गत वर्ष समग्रमा ४.१ प्रतिशतले मुलुकको अर्थतन्त्र विस्तार भएको उल्लेख गरेको छ ।

अर्थमन्त्री जेरेमी हन्टले बेलायतले ‘मन्दीबाट जोगिन’ गरिएका प्रयास र प्रयोगमा जोड दिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ५ : ०४ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा