अनेरास्ववियु महाधिवेशनका लागि प्रतिनिधि छनौट « Khabarhub

अनेरास्ववियु महाधिवेशनका लागि प्रतिनिधि छनौट


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेशनका लागि प्रतिनिधि छनौट सम्पन्न भएको छ । महाधिवशेनका केन्द्रीय सम्पर्क कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी विश्वविद्यालय राष्ट्रिय कमिटी र प्रदेश सम्पर्क कमिटीमा प्रतिनिधि छनौट सकिएको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

उनका अनुसार देशभरबाट एक हजार पाँच सय ७९ प्रतिनिधि सहभागी हुने भएका छन् । उपत्यकामा रहेका प्रतिनिधिको व्यवस्था आफैँ र उपत्यकाबाहिर भएका प्रतिनिधिको व्यवस्थापन होटलमा गरिएको छ ।

आगामी फागुन २ गतेदेखि ४ गतेसम्म महाधिवेशन ‘निःशुल्क स्वास्थ्य, शिक्षा र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित काठमाडौँमा हुनेछ । महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

अनेरास्ववियुको यसअघि २०७२ सालमा २२औँ राष्ट्रिय अधिवेशन भएको थियो । नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताभएपछि अखिलको अधिवेशन हुन सकेको थिएन । महाधिवेशन सम्पन्न गर्नका लागि अखिलका अध्यक्ष बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव समिक बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।

महाधिवेशनले १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष र सचिव गरी १५/१५ सदस्यीय कमिटी गठन गर्नेछ । यस्तै एमालेको महाधिवेशन हुन बाँकी रहेका अन्य जनवर्गीय सङ्गठनको पनि मिति तोकिएको छ । एमालेका अनेरास्ववियुसहित राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेशागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घ र रिटर्नी फेडरेसन गरी आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ९ : ४० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल