बेटिसमाथिको जीतसँगै युनाइटेड प्रि क्वाटरफाइनलमा  « Khabarhub

बेटिसमाथिको जीतसँगै युनाइटेड प्रि क्वाटरफाइनलमा 


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुगेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले योगदान गरे भने जवाफमा  रियल बेटिसका एयोजी पेरेजले एक गोल फर्काएका थिए ।

खेलको छैटौं मिनेटमा नै रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लिएको थियो तर ३२औं मिनेटमा एयोजीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको ५२औं मिनेटमा एन्टोनीको गोलमा २–१ ले अघि बढेको युनाइटेड ५८औं मिनेटमा फर्नान्डेसको गोलमार्फत ३–१ को अग्रता लिन सफल भयो । ८२औं मिनेटमा वोउट वेगह्रस्टले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडको सानदार जित पक्का गराए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ३१ बजे

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको