बेटिसमाथिको जीतसँगै युनाइटेड प्रि क्वाटरफाइनलमा  | Khabarhub Khabarhub

बेटिसमाथिको जीतसँगै युनाइटेड प्रि क्वाटरफाइनलमा 


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुगेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले योगदान गरे भने जवाफमा  रियल बेटिसका एयोजी पेरेजले एक गोल फर्काएका थिए ।

खेलको छैटौं मिनेटमा नै रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लिएको थियो तर ३२औं मिनेटमा एयोजीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको ५२औं मिनेटमा एन्टोनीको गोलमा २–१ ले अघि बढेको युनाइटेड ५८औं मिनेटमा फर्नान्डेसको गोलमार्फत ३–१ को अग्रता लिन सफल भयो । ८२औं मिनेटमा वोउट वेगह्रस्टले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडको सानदार जित पक्का गराए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ३१ बजे

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित