डढेलो नियन्त्रणका लागि उच्च सतर्कता « Khabarhub

डढेलो नियन्त्रणका लागि उच्च सतर्कता


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन – गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् ।

चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, अग्नि नियन्त्रण सामग्रीसहित निकुञ्ज र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिनाका साथै समुदायस्तरमा सचेतना बढाउने काम सुरु गरिएको छ । उनका अनुसार निकुञ्ज क्षेत्रलाई ५०भन्दा बढी भागमा विभाजन गरी अग्निरेखा कोरिएको छ । अनियन्त्रितरूपले डढेलो लागेमा नेपाली सेनाको टोली र निकुञ्जका कर्मचारीलाई अग्नि नियन्त्रण सामग्रीसहित परिचालन गरिने सूचना अधिकारी तिवारीले जानकारी दिए ।

डढेलो लाग्न नदिन निकुञ्जले वन क्षेत्र नजिक बसोबास गर्ने समुदायलाई सचेतना अभिवृद्धि कार्यक्रम गरिरहेको र नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज क्षेत्रभित्र कतिपय स्थानमा निकुञ्जले व्यवस्थितरुपमा डढेलो लगाउने गरेको सूचना अधिकारी तिवारीले बताए । उनका अनुसार घाँसेमैदान र वासस्थान व्यवस्थापनका लागि निकुञ्जले व्यवस्थितरूपमा डढेलो लगाउने गरे पनि झाडी भयो भनेर आफ्नो सहजताका लागि लगाइने डढेलोले समस्या पार्ने गरेको छ । स्थानीयस्तरमा जनतालाई सचेत बनाउँदै अग्नि नियन्त्रणका लागि तयारी अवस्थामा रहनसमेत निकुञ्जले आह्वान गरेको छ ।

मध्यवर्ती सामुदायिक वन क्षेत्रमा समेत डढेलो नियन्त्रणका लागि स्थानीयवासीसँग समन्वय गरेर काम भइरहेको छ । डिभिजन वन कार्यालयले पनि डढेलो नियन्त्रणका लागि तयारी सुरु गरेको छ । डिभिजन वनअन्तर्गतका आठवटै सवडिभिजन मातहतमा स्थानीय उपभोक्ताको अगुवाइमा डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

उपभोक्ताको प्रत्यक्ष सम्लग्नतामा संरक्षणका कार्यक्रम ल्याइँदा बढी प्रभावकारी हुने उनले सुनाए । कार्यालयले डढेलो नियन्त्रणका लागि १० जना वन दस्तासमेत नियुक्त गरेको छ । हरित स्वयंसेवकका रूपमा नियुक्त वन दस्ताले वन तथा वन पैदावरको संरक्षण गरी डढेलो नियन्त्रणमै मुख्य भूमिका निर्वाह गर्ने सूचना अधिकारी खनालको भनाइ थियो । हालका लागि इच्छाकामनाको हरिपुर र भरतपुरको भोजाडमा वन दस्ताले काम गरिरहेको छ ।

वस्तुभाउ चरिचरणका निम्ति र वनभोज खान वन क्षेत्रमा जाने र सोही अवस्थामा मानिसले हेलचेक््रयाइँ गर्नाले बढी मात्रामा डढेलो र आगलागीका घटना हुने गरेका छन् । सालका रुख हुने वन क्षेत्रमा डढेलोको जोखिम बढी हुने गरेको उनले बताए । विगतमा बरण्डाभार वनमा सबैभन्दा बढी डढेलो लाग्ने गरेको थियो।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १२ : ०० बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका