चार देशको बैठकको इरानद्वारा स्वागत « Khabarhub

चार देशको बैठकको इरानद्वारा स्वागत


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दमास्कस – इरानले आगामी दिनमा हुन लागेको सिरिया, टर्की, इरान र रुसको संयुक्त बैठकको स्वागत गरेको छ ।

हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहले यी चार देशका उपविदेशमन्त्रीहरुको सो संयुक्त बैठकको स्वागत गरेका हुन् ।

यी चार देशका उपविदेशमन्त्रीहरुको बैठक आगामी हप्ता रुसको राजधानी मस्कोमा आयोजना गरिएको छ । सो बैठकमा खासगरी क्षेत्रीय सुरक्षा र विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुमा छलफल हुने बताइएको छ ।

रुस र युक्रेनका बीचमा जारी रहेको युद्ध र यसका कारण सो क्षेत्रमा उत्पन्न भएको परिस्थितिका बारेमा पनि सो बैठकमा कुराकानी हुने बताइएको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्रीले सो बैठक मध्यपूर्वी क्षेत्रमा विकसित पछिल्लो परिस्थितका बारेमा पनि छलफल हुने भन्दै त्यसको स्वागत गर्नुभएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १२ : २६ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६