९ दलीय गठबन्धन कार्यदलको बैठक बस्दै « Khabarhub

९ दलीय गठबन्धन कार्यदलको बैठक बस्दै


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्र नेतृत्वको ९ दलीय गठबन्धन कार्यदलको बैठक बस्दै छ । शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताइएको छ । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा सबै दलका दोस्रो तहका नेताहरू सदस्य रहेका छन् । संयोजक खड्काले उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न कार्यदलको बैठक बोलाएका छन् । 

गठबन्धनबाट राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय भइसकेको छैन । चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  २ : १३ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको