अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि व्यावसायिक खेती सुरु « Khabarhub

अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि व्यावसायिक खेती सुरु


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती सुरु गरिएको छ । पहाडी क्षेत्रको उच्च भेगमा पाइने अर्गेलीको बोक्रा कागज उत्पादनका लागि कच्चा पदार्थका रुपमा जिल्ला बाहिर निर्यात हुन थालेपछि यहाँका किसानले यसको व्यावसायिक खेती गर्न थालेका हुन् ।

खेतीसँगै किसानले अर्गेली संकलन गरेर कच्चा पदार्थ उत्पादन र निर्यात पनि गर्न थालेका घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्लाका उच्च भेगमा बस्ने किसानले जङ्गलबाट अर्गेली संकलन गरेर कच्चा पदार्थ बनाउन थालेको पाइएपछि उपयुक्त क्षेत्र छनोट गरी तालिम दिन थालिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोसाईले बताए ।

घरेलु कार्यालयले केही दिनअघिदेखि पाथीभरा याङवरक गाउँपालिकाको तिरिङ्गेमा अर्गेलीबाट कागज बनाउन चाहिने कच्चा पदार्थको उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेको छ । तालिममा पक्ताङलुङसिदिङ्वा गाउँपालिकाका समेत गरी १२ युवा सहभागी छन् । तिरिङ्गेको माथिल्लो भेग अर्गेली पाइने र खेती गर्न उपयुक्त क्षेत्र पनि हो ।

तिरिङ्गेका मित्रलाल पौडेलसहित अर्गेलीका लागि उपयुक्त जग्गा भएका किसानले अर्गेलीको व्यावसायिक खेती नै गरेका छन् । यता फङलिङ नगरपालिकाको फुरुम्बुका गङ्गा तामाङले समेत कागज उत्पादनसँगै कच्चा पदार्थ तयार गरी निर्यात गर्दै आएको घरेलु कार्यालयले जनाएको छ । 

व्यवसायीका अनुसार अर्गेलीको डाँठलाई पानीको बाफमा बफ्याएपछि बोक्रा खुर्किने र त्यसलाई सफा गरेर सुकाएपछि बजार लैजान तयार हुन्छ । उक्त कच्चा पदार्थ प्रतिकिलो रु २५० देखि तीन सयसम्मले बिक्री हुने गरेको कागज उद्योग सञ्चालन गरिरहेकी गङ्गा तामाङले बताइन्।

उच्च भेगमा बसोबास गर्ने किसानले बर्सेनि जङ्गलबाट अर्गेली संकलन गरी बोक्रा निकालेर स्थानीय हातेकाजग उद्योगमा बेच्दै आएका थिए तर पछिल्लो समय अर्गेलीको बोक्रालाई फरक तरिकाले कच्चा पदार्थको रुपमा तयार गरी निर्यात गर्दा फाइदा हुने देखिएपछि यसतर्फ किसान आकर्षित हुन थालेका हुन् ।

चिसो बढी हुने उच्च भेगको पाखो जमिनमा पाइने अर्गेलीको बोक्रालाई कागज बनाउन मात्रै नभई कपडा उत्पादनमा समेत प्रयोग गर्ने गरिएको छ । यसबाट धागो निकालेर झोला, टोपी, कोटलगायतका कपडा तयार गरिन्छ । 

जाडोको अन्त्यतिर वसन्त ऋतुको समयमा यसको बोक्रा निकाल्ने गरिन्छ । यसको प्रयोग बढ्दै गएकाले खेती विस्तार र संरक्षणमा ध्यान दिनसमेत आवश्यक भएको सरोकारवालाले बताएका छन् । 

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : ५८ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि