जनताको जीवनस्तर माथि उठाउनु सरकारको प्रमुख उद्देश्य « Khabarhub

जनताको जीवनस्तर माथि उठाउनु सरकारको प्रमुख उद्देश्य


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कावासोती– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताको जीवनस्तर माथि उठाउनु नै वर्तमान सरकारको प्रमुख उद्देश्य भएको बताएका छन् ।

शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–१ मा रहेको शान्ति नमूना आधारभूत विद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको संविधान कार्यान्वयनको क्रममा अगाडि बढेको हुँदा अबको समयमा सामाजिक र सांस्कृतिक रूपान्तरण गर्दै जनताको जीवनस्तर माथि उठाउने प्रमुख उद्देश्य लिएर सरकार अगाडि बढेको बताएका हुन् ।

जनताको जीवनस्तर माथि उठाउन सबैभन्दा पहिले सार्वजनिक शैक्षिक संस्थालाई गुणस्तरीय शिक्षा दिन सक्ने बनाउनका लागि शैक्षिक क्षेत्रमा सरकारले बजेट बढाउने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा सँगसँगै स्वास्थ्य, आवास, खानेपानी, खाद्यान्नजस्ता आधारभूत कुरामा जनताको सहज पहुँच हुने वातावरण बनाउन सरकार लागि परेको उल्लेख गरे । 

‘राजनीतिक परिवर्तनको मुख्य उद्देश्य भनेकै जनताको जीवनस्तर माथि उठ्नु हो, त्यसैले अहिलेको सरकारले हर हालतमा सामाजिक र सांस्कृतिक रूपान्तरणलाई अगाडि बढाएर आर्थिक समृद्धिसहित जनताको जीवनस्तर माथि उठाउनु प्रमुख लक्ष्य लिएको छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने । 

उनले शहर र गाउँबीच देखिएको विकासको असमानता बिस्तारै हट्दै गएको र गाउँको विकासलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने बताए । ‘राजधानी र ठूला शहरलाई झिलिमिली बनाउनु मात्रै विकास होइन, दूरदराजका सबै गाउँमा विकास पुर्‍याउनु पर्छ, त्यहाँका जनताले विकासको प्रतिफल प्राप्त गर्नुपर्छ अनिमात्रै जनतालाई परिवर्तनको महसुस हुन्छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : ४८ बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको