प्रचण्डविरुद्धको मुद्दा ‘जनयुद्ध’माथिको आक्रमण हो : विप्लव « Khabarhub

प्रचण्डविरुद्धको मुद्दा ‘जनयुद्ध’माथिको आक्रमण हो : विप्लव


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुकको आमूल परिवर्तन गर्ने क्रान्तिका रुपमा स्थापित ‘जनयुद्ध’ र त्यसमा सङ्लग्न नेता तथा कार्यकर्तालाई आपराधिकरण गर्न खोजिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ ।

शुक्रबार आयोजित संयुक्त मोर्चा घोषणा समारोहलाई सम्बोधन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले जनयुद्धका नेतृत्वकर्ताको हैसियतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि मुद्दा लगाउनु खोज्नु जनयुद्ध कै अपमान भएको बताए ।

जनयुद्धलाई अपराधीकरण गर्ने र उपलब्धीलाई खारेज गर्ने लक्ष्यका साथ प्रधानमन्त्रीलाई मुद्दा लगाउने प्रयास गरिएको महासचिव चन्दको भनाइ छ । क्रान्तिको नेतृत्व गरेको नेतालाई व्यक्तिगतरुपमा मुद्दा लगाएर क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्ति मौलाएको भन्दै महासचिव चन्दले त्यस्ता मुद्दालाई अस्वीकार गर्ने बताए ।

“यो परिवर्तनमाथिको आक्रमण हो । प्राप्त भएका सीमित उपलब्धि माथिको आक्रमण हो”, महासचिव चन्दले अगाडि भने, “जुन क्रान्तिका कारण परिवर्तन भयो त्यसलाई अस्वीकार गर्ने, आक्रमण गर्ने र अपराधीकरण गर्ने प्रयास गरिएको छ । यो प्रचण्डको व्यक्तिगत मामिला हुँदै होइन ।”

जनताको अधिकारलाई खोस्ने र समाप्त पार्ने ध्येयका साथ जनविरोधी शक्ति प्रतिक्रान्तिमा उत्रिएकाले आफूहरुले प्रतिवाद गर्नुपरेको महासचिव चन्दको भनाइ छ । महासचिव चन्दले क्रमशः माओवादी विचार बोक्ने शक्ति क्रमशः एकै ठाउँमा आउने र त्यसका लागि सम्वाद भइरहेको बताए।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ५० बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको