उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार विस्तार हुने बताएका छन् ।

शुक्रबार पूर्वीनवलपरासीको डण्डामा प्रेस सेन्टर पूर्वीनवलपरासी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपति निर्वाचनमा एकै ठाउँमा भएका दल सहभागी गराएर सरकार विस्तार तथा पुनर्गठन हुने बताएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले बुटवल–नारायणगढ सडक विस्तारको कामलाई आफूले गम्भीरतापूर्वक लिएको बताए। बुटवल–नारायणगढ सडक विस्तारको निर्माण कार्यलाई कम्पनीले तीव्रता नदिने हो भने तोड्नुको विकल्प नरहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । “पटकपटक ताकेता, अनुगमन गरेर निर्देशन गरेका छौँ, काम गर्ने गति नबढाउने हो भने सरकार ठेक्का तोडन बाध्य हुन्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ५२ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको