नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ : अध्यक्ष ओली « Khabarhub

नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ : अध्यक्ष ओली


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताएका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्दै उनले नयाँ पुस्तालाई खेलमा आकर्षित गरेर पार्टीमा ल्याउनुपर्ने बताए ।

“खेलमार्फत नयाँ पुस्तालाई नजिक ल्याउँछौँ । नजिक ल्याएपछि कार्यकर्ता हुन्छन्”, उनले भने । अध्यक्ष ओलीले आफू क्षणिक राजनीतिक खेलमा सामेल नहुने तर्क गरे । उनले एमाले देश बनाएर अगाडि बढ्ने र छोटो दौडमा नभई म्याराथुनमा कुद्ने बताए । अध्यक्ष ओलीले खेलाडीलाई खेलाडीमात्र नभई समाज परिवर्तनको योद्धासमेत रहेको स्मरण गराए ।

अध्यक्ष ओलीले मानिस गलत संगतमा नपरोस् भन्नका लागि सही सङ्गततिर ल्याउनका लागि राजनीतिमा सहभागी गराउनुपर्ने बताए । उनले खेलाडीलाई अहङ्कार आफूभित्र प्रवेश गर्न नदिन पनि शालीन र विनम्र हुनुपर्ने बताए । उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा डो¥याउने काममा महासङ्घले गर्नुपर्ने भनाइ राखे ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : ४५ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको