जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  झापा र काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् ।

काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-८ मण्डिखाटार डेरा गरी बस्ने ४२ वर्षीया हेमा गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

झापाको कमल गाउँपालिका-३ केर्खा बजार बस्ने ३७ वर्षीय सुरेन राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राईसमेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ६ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ४ : ३० बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६