सोलुखुम्बुमा १६ वर्षे किशोरीद्वारा आत्मदाहको प्रयास « Khabarhub

सोलुखुम्बुमा १६ वर्षे किशोरीद्वारा आत्मदाहको प्रयास


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोलुखुम्बुमा एक जना किशोरीले आत्मदाहको प्रयास गरेकी छन् । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका ५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् ।

किशोरीले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले बताए ।

आगोले उनको शरीरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । बचाउन गएका किशोरीकी आमा राधा कुमारी राई तामाङ समेत सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते दुबै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ स्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ४६ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत