सुडानको राजधानी खार्तुम, युद्धले भयावह भएको स्थान। त्यसै स्थानमा अहिले अमेरिका र साउदी अरेबियाका लडाकु पक्षबीचमा युद्धविरामको पहल भएको छ। सुडानका विज्ञ एलेक्स डी वालका अनुसार यो अल्पकालीन तथा आपत्कालीन समाधानको बाटो मात्र हुन सक्छ। तथापि यो एउटा महत्त्वपूर्ण सङ्केत भएको कुरा नकार्न मिल्दैन।
यसबाट सुडानमा युद्धविरामको नयाँ बाटो पनि तय हुनसक्ने छ। अमेरिकी र साउदी कूटनीतिज्ञले लडाकु पक्षसँग वार्ताका लागि तीन जनाको प्रतिनिधिमण्डल पठाउन सक्ने छ।
मध्यस्थकर्ता र छिमेकीले पनि चार वर्ष अगाडि सत्ताच्युत भएका ओमार अल बासेरको कार्यकाल पछिको समयको समग्र मूल्याङ्कन पनि गर्ने छन्। उनी पक्षधर युद्ध विरामका लागि तयार हुन्छन् भन्ने कुराको कुनै जानकारी छैन।
अहिलेको एजेन्डा मानवीय युद्ध विराम हो। यो एजेन्डा संयन्त्रलाई मोनीटरिङ गर्नका लागि तथा सहयोगको बाटो अगाडि बढाउनका लागि हो। दुवै पक्ष अहिले राजनीतिक लेनदेनको कुरा गर्ने पक्षमा छैनन्। यसका लागि दुई वटै पक्ष एकदमै तयार छैनन्।
आर्मी प्रमुख जनरल अब्देल फताह अल बुराहको दाबी अनुसार उनी वैधानिक प्रमुख हुन्। उनले हेमेदती पनि भनिने जनरल मोहम्मद हेल डगालोलाई मुख्य प्रतिस्पर्धीको रूपमा हेरेका छन्।
उनकै डेपुटीको रूपमा रहेका हेमेड्टी भने समान हैसियतका कुरा गर्छन्। उनी पारा मिलिटरी रेपीड सपोर्ट फोर्सस (आरएसएस) लाई खर्तुममै फ्रिज नगर्न चाहन्छन्। जनरल बराह भने वार्तालाप हुने अगाडि नै स्थापित हुन चाहन्छन्। सहमति कायम गर्नु भनेको यी दुई जनरल बीचको सहमति स्थापित गर्नु हो।
मध्यस्थकर्ताका लागि विश्वासको वातावरण पैदा गर्न उनीहरुलाई यसमा सहमत गराउन अनावश्यक कदम चाल्न एकदमै जरुरी ठहरिएको छ। यो युद्धविराम दीर्घकालीन नभए दुवै पक्षलाई अपूरणीय क्षति हुन्छ भन्ने कुरामा सहमत गराउने पनि उनीहरूको आवश्यकता हो।
एउटा कुरा प्रस्ट भएको छ, बुरा, हमेटडी र उनीहरूको छिमेकी प्रजातान्त्रिक शासन चाहँदैनन्। जुन यो युद्ध सुरु हुनु भन्दा अगाडि नै थियो। अर्को समझदारी हुने विषय युद्ध अपराधको विरुद्धमा एमनेस्टीका बारेमा हो।
जनरलमार्फत नै युद्ध विराम हुने भनेको वर्षौ देखिको शान्ति प्रक्रिया र त्यहाँका जनताले विगतमा प्राप्त गरेको प्रजातान्त्रिक शासन प्रणालीमाथि प्रहार हो। तर, लडाइँ तत्काल नरोकिए सुडान राज्य नै कोल्याप्स हुने खतरा छ।
सैन्य नागरिक संयुक्त सरकारका प्रधानमन्त्री अब्दुल्लाह हाककलाई सन् २०२१ मा जनरलले अपदस्थ गरेका थिए। उनकै विचारमा देशको युद्धले सिरिया र यमनको भन्दा खराब अवस्था ल्याउन सक्ने छ। उनले डाफरको भन्दा धेरै खराब अवस्था आउन सक्ने सम्भावना पनि देखेका छन्।
सुडानको गृह युद्ध नरोकिए हुन सक्ने गम्भीर क्षतिका बारे धेरै भविष्यवाणी भएका छन्। सुरुवाती दिनमा नै आर्मी जनरल र विद्रोही नेता एक आपसमा त्यो विवाद समाधान गर्न लागि परेका थिए। यसले एक किसिमको समस्या उत्पन्न गरेको थियो। कम्ब्याट लगाएर एउटा पक्ष अर्को पक्षलाई आक्रमण गर्न आतुर देखिन्थे।
विगतमा यस्तै युद्धले सुडानलाई क्षत विक्षिप्त नबनाएको होइन। सन् १९८३ मा पहिलो पटक डाफरमा सुरु भएको युद्ध तथा त्यसको २० वर्ष पछि अबाइ, हेलगीग र नुबा पहाडमा भएको युद्धका कारण यस्तो भएको थियो। त्यसै समयमा उत्तरी सुडानको सीमा २०२१ मा बन्द भएको थियो।
दक्षिण सुडानमा सन् २०१३ मा यस्तै नागरिक युद्ध भएको थियो। १५ अप्रिलका दिन सेना र आरएसएफका बिच भएको लडाइले एक आपसलाई सिद्ध्याउने रणनीति लिएका थिए। उनीहरूले राजधानीको प्रमुख स्थानमा एक आपसमा सिध्याउने नीति अवलम्बन गरेका छन्। यसै कारण त्यस सहरका कुनै पनि घर अहिले असुरक्षित छन्। विगतका युद्धले यो प्रस्ट पारेको छकी त्यो युद्ध नरोकिएपछि दुवै पक्षको विदेशी मित्र शक्तिसँग सम्बन्ध पनि स्थापित हुन सक्ने छ। अहिले सुडान यही अवस्थामा छ।
विगतको घटनाले के प्रमाणित गरेको छ भने युद्ध नसकिएपछि यसले सबैलाई सकाउने छ। दुवै शक्तिले अग्रभागमा आफूलाई सुदृढ बनाएका छन्। दुई सैन्य शक्ति आमनेसामने भएर हुने भिडन्त कमै छ।
लगातार भएका युद्धका शृङ्खलाले प्रमाणित गरेको छ कि विरोधीहरूको एकता पनि चाँडो आउन सक्छ। उनीहरूले हतियारमा कमी ल्याउन सक्ने छन्। सामग्री र पैसामा पनि उनीहरूसँग अभाव हुनसक्ने छ। सैन्य समूह बीचको गठबन्धनमा दरार आउन सक्नेछ। साथै अन्य शक्ति जोडिन आउन पनि डराउने छन्। स्थानीय समुदाय आफ्नो रक्षामै केन्द्रित हुनेछन्। बाहिरका अलमलिएका हुनेछन्।
अहिले सबैभन्दा परिष्कृत घटना भइरहेको स्थान हमेट्लीको गृह नगर डाफर हो। अहिले व्यवस्थित रूपमै नागरिक जातीय पहिचानका कारण लक्षित भएका छन्। तर, पनि प्रमुख कुरा भने एउटा पक्षले सामूहिक हिंसा, द्वेष र घृणा बढाउन सक्ने छ। सैन्य शक्ति टुक्रने र एकीकरण हुनेक्रम जारी नै रहने छ। सन् २००३ र २००४ मा युद्ध र नरसंहार पछि त्यो क्षेत्रमा नै अराजकता मच्चिएको थियो।
अहिलेको यो समयमा भने सबै कुरा कसर अघि बढ्ने सुडानको यसै घटनाबाट पुष्टि हुनेछ। यस वार्तामा सहभागीमध्ये अमेरिका र साउदी मध्यस्थकर्ता बढी सक्षम मानिन्छन्। इजिप्टले बुरनाहलाई समर्थन गरेको छ भने संयुक्त अरब इमिरेट्ले हेमेट्डीलाई साथ दिएको छ। रियाद यस सवालमा तटस्थ छ।
अमेरिकालाई नाकाबन्दीको धम्की पनि दिएको छ। सन् १९८९ मा अमेरिकाले सुडानमाथि लगाएको प्रतिबन्ध जस्तो अहिले हुने सम्भावना अत्यन्त कम छ। प्रभावकारी दबाब अन्तर्राष्ट्रिय चासो बन्नु पर्ने आवश्यकता देखिएको छ।
अहिलेसम्म अफ्रिकी देशले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा आवाज उठाउन आवश्यक भए पनि कसैले पनि यसमा चासो दिएको छैन। अफ्रिकन युनियनले यसकै शान्ति तथा सुरक्षा परिषदमार्फत युद्ध विरामको माग त गरेको थियो। तर, आफै यस अमेरिका साउद पहलको वार्तामा सहभागी भने छैन।
यसै समयमा हरेक दिन बित्दै जाँदा युद्ध असभ्य बन्दै छ। सबै बन्दुक एकै पटक रोक्न कठिन पनि हुनेछ। अहिले त्यहाँको लडाइँमा खार्तुम मुख्य केन्द्र भएको छ। अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा केही समस्या समाधान हुनसक्ने छ।
ग्रामीण छेत्रकाले पुराने शैलीले केही खाद्यान्न पाउन सक्ने छन्। तर, त्यहाँ शौचालय, बिजुली, पानी र सञ्चारको समस्या यथावत रहने छ। पछि विस्तारै अन्तर्राष्ट्रिय सहयोगी निकायले त्यस स्थान छाडेमा स्थानीय सहयोगीका लागि स्थान पैदा हुन सक्ने छ। धेरै सुडानीलाई अन्तर्राष्ट्रिय क्षेत्रले उनीहरूको आधारभूत गुनासोलाई सम्बोधन नगरेको गुनासो छ।
भोकै युद्धको हतियार हुन सक्ने जोखिम छ। अन्य क्षेत्रबाट आएको सहयोग पनि युद्धरत समूहले हडप्ने सम्भावना बढ्दो छ। यसका लागि सहयोगी निकायले सिधै नागरिकलाई उपलब्ध गराउन सक्ने अवस्था छ।
सुडान युद्ध कता जाने छ अझै भन्न नसकिने अवस्था छ। अवस्था अझ खराब हुन सक्ने छ वा सुधार पनि हुन सक्ने छ। तसर्थ वार्ताको टेबुलमा झिना मसिना कुरामा पनि गम्भीर बन्नु जरुरी छ।
स्रोतः बीबीसी
प्रतिक्रिया