भारतमा कर्णाटक विधानसभाको निर्वाचनका लागि मतदान सम्पन्न « Khabarhub

भारतमा कर्णाटक विधानसभाको निर्वाचनका लागि मतदान सम्पन्न


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको कर्णाटक राज्यमा विधानसभा चयन गर्न मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको हो ।

केही स्थानमा छिटफुट हिंसात्मक घटना भएपनि समग्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भारतको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा २ हजार ६ सय १५ जनाले उम्मेदवारी दिएका छन् । मतदानका लागि ३७ हजार ७ सय ७७ स्थानमा ५८ हजार ५ सय ४५ मतदान केन्द्र तोकिएका छन् । मतदानका लागि ५ करोड ३० लाख मतदाता योग्य रहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

२२४ सिट रहेको कर्णाटक विधानसभामा सरकार बनाउनका लगि ११३ सिट आवश्यक पर्छ ।

यस निर्वाचनका प्रमुख मुद्दामा भ्रष्टाचार, सुशासन, राष्ट्रिय स्वयंसेवक संघको अङ्ग मानिने विश्व हिन्दू परिषदको युवा संगठन बजरंग दलमाथि प्रतिबन्ध लगाउने भारतीय कांग्रेस पार्टीको घोषणालगायत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्वाचनको नतिजा भने १३ मेपछि आउने जनाइएको छ ।

हाल केन्द्रको सत्तामा रहेको भारतीय जनता पार्टी भाजपाले कर्णाटकमा सरकारको नेतृत्व गरिरहेको छ । यद्यपि टिकट वितरणका क्रममा भाजपामा देखिएको आन्तरिक कलह, मौलाउँदै गएको भनिएको भ्रष्टाचार, कथित यथास्थितीविरोधी लहर र कांग्रेस पार्टीको आक्रामक प्रचारका कारण यसपालीको निर्वाचनमा भाजपाले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्ने भारतीय राजनीतिक पण्डितहरुको विश्लेषण छ ।

आगामी वर्ष हुन लागेको आम निर्वाचनको झल्को दिने भएकाले कर्णाटक विधानसभा निर्वाचनलाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : १६ बजे

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल