मोरङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

मोरङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

बा.प्र. ०३-००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको बुधबार घटनास्थलमै मृत्यु भएको हो । 

विराटचोकबाट विराटनगरतर्फ आउँदै स्कुटी चालक काफलेलाई  सोही दिशातर्फ गइरहेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ओभर स्पिड आएको टिपरले ठक्कर दिएर घटनास्थलमै स्कुटीका चालकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । टिपर चालक फरार रहेका छन्  । उनको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ । 

टिपरको ठक्करबाट मृत्यु भएको काफ्लेको शरीर दुई टुक्रा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : ४६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल