म्याग्दीका गाईगोरुमा ‘लम्पी स्किन’ रोग देखियो « Khabarhub

म्याग्दीका गाईगोरुमा ‘लम्पी स्किन’ रोग देखियो


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्याग्दीमा पालिएका गाईगोरुमा ‘लम्पी स्किन’ रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्पी स्किन’ म्याग्दीमा पनि भित्रिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले रघुगङ्गा गाउँपालिकाको पाखापानी, झिँ, अन्नपूर्णको हिस्तान दोसल्ले, मङ्गलाको खुम्ल्याह र धवलागिरि गाउँपालिकाको मुनामा लम्पी स्किन देखिएको बताए ।

“कृषकले जानकारी गराएपछि गोठमा पुगेर बिरामी गाईगोरुको नमूना सङ्कलन गरी पोखरास्थित पशु रोग प्रयोगशालामा पठाएका थियौँ”, उनले भने, “प्रयोगशालाले लम्पी स्किन भएको पुष्टि गरेको छ । कृषकलाई सतर्कता अपनाउन र लम्पी स्किनविरुद्धको खोप लगाउन अनुरोध गरेका छौँ ।”

गाईलाई ज्वरो आउने र शरीरमा फोका देखापर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका कृषकले बताएका छन् । पाखापानी औलाका हुमबहादुर पुनले बर्खेबाली लगाउने बेलामा गोरु मर्दा समस्या भएको बताए । उनका अनुसार करिब एक महिनायता म्याग्दीका विभिन्न स्थानमा लम्पी स्किनको समस्या देखिएको छ । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाटसमेत यो रोगको सङ्क्रमण बढ्ने बताइएको छ । यो रोगको उपयुक्त औषधि नभए पनि खोप पहिचान भएको छ ।

ठूला फार्म र गोठमा लम्पी स्किन भित्रिन नदिन खोप लगाउन थालिएको बेनी नगरपालिका–७ का कृषक कृष्ण शर्माले बताए । खोपको माग अद्यावधिक भएकाले भनेको समयमा नपाएको कृषकले बताएका छन् । यो रोगका कारण गाई गोरुमा समस्या आउँदा दूध उत्पादनमा असर पर्ने जनाइएको छ । म्याग्दीका भैँसीमा भने अहिलेसम्म लम्पी स्किन देखिएको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ५३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका