आईसीसी छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्दै « Khabarhub

आईसीसी छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्दै


२७ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।

गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ बिकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकामा भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भए पनि नेपालमा भएको खेलमा भने स्कटल्याण्डलाई नेपालले पराजित गरेको थियो ।

जिम्बाबेमा हुने छनोट प्रतियोगिताका लागि नेपाल दक्षिण अफ्रिका पुगेको छ, जहाँ नेपालले अभ्यास खेल खेल्ने क्रममा आज नेदरल्याण्डसँग खेल्न लागेको हो ।

जिम्बाबेमा हुने छनौट खेलमा नेपाल सहित आठ देशको सहभागिता रहने छ । जसअनुसार नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्ड्स र जिम्बाबे रहेका छन् भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका छन् ।

नेपाल दुई सातापछि जिम्बावेमा हुने आईसीसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा गएको हो । 

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ६ : २७ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत