रूपन्देहीमा ट्राफिकद्वारा लापसे परिक्षण सुरु « Khabarhub

रूपन्देहीमा ट्राफिकद्वारा लापसे परिक्षण सुरु


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

भैरहवा– चालक नै लागूऔषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले सडकमै लागूऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ । 

सीमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागूऔषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र लागूऔषध नियन्त्रण ब्युरोको सहकार्यकामा चालकहरूले लागू औषध सेवन (लापसे) गरे नगरेको परिक्षण गरिएको हो । 

पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समितिको सहयोगमा प्राप्त भएको रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट) मार्फत चालकले विभिन्न ६ प्रकारको लागूऔषध सेवन गरे नगरेको परिक्षण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तले बताए । 

‘प्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नै सीमावर्ती क्षेत्र बेलहियाबाट छुट्ने गाडीहरूको चालकको परिक्षण गरेका छौ, आकस्मिक रुपमा बेला बेलामा विभिन्न ठाउँमा यो परिक्षण गर्ने गरेका छौ,’ उनले भने । उनका अनुसार जनगुनासो बढेपछि डन्डा खोला नजिकै संयुक्त टिमले परिक्षण गरेको हो । बेलहिया तर्फबाट आउने अधिकांश चालकहरूको परिक्षण गरेका छौ, केही शंकास्पद देखिएपछि किट मार्फत परिक्षण गरिएको उनले भने । परिक्षण गरिएको ११ जना मध्ये ३ जनाले लागूऔषध सेवन गरेको पाइएको ट्राफिक प्रमुख पन्तले भने । 

विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका प्रहरीलाई बुझाएका छौ, अनुसन्धान गरी प्रयोगकर्ता हो कि ओसारपसार वा अन्यमा संलग्न छ भन्ने खुलेपछि सोही अनुसार कारवाही हुने छ । 

ट्राफिक प्रहरीले अहिले परिक्षण गर्ने किटले ६ प्रकारको लागू औषध प्रयोग गरेको हो वा हैन भन्ने पुष्टि गर्छ । गाजा, कोकिन, ब्राउन सुगर, डाइजापाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागूऔषध प्रयोग गरेको छ भनी किट मार्फत अन द स्पट चेक हुने छ । किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसकेपनि बेला बेलामामा भएको सीमित किट मार्फत छड्के परिक्षण गर्ने गरेको कार्यालयले जानकारी दिएको छ । 

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागूऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागूऔषध जाँच अभियानलाई कार्यालयले तीव्रता दिइएको छ । 

एक साता अघि पनि रूपन्देहीबाट चेकजाँचकै क्रममा ३ जना चालकले लागूऔषध सेवन गरि सवारीसाधन चलाएको पाएपछि कारवाही गरेको थियो । कारवाहीमा पर्ने डरले सिमा क्षेत्रबाट चल्ने सवारीसाधनका बालकहरू सचेत हुँदै गएपनि पूर्ण रुपमा रोक्न सकिएको छैन ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  २ : ५७ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि