प्याब्सन लिटिल आइडलको खोजी « Khabarhub

प्याब्सन लिटिल आइडलको खोजी


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले  ‘मिस लिटिल आइडल २०२३’ को खोजी सुरु गरेको छ ।

प्याब्सन काठमाडौँले शनिबार जमलस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिएको हो । शैक्षिक कोर्षमा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिता यो १२ औं संस्करण हो ।

प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा बढीमा ७० जना छात्रालाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ । छनोट भएका प्रतियोगीहरूलाई २०८० साउन ६ गतेदेखि प्रशिक्षण सुरु गरी साउन २७ गते शनिबार अन्तिम प्रतिष्पर्धा गराइने छ ।

प्रतियोगीहरूलाई कोरियोग्राफर रोजिन शाक्य र कोच सिभिरा लामाले तीन साता प्रशिक्षण दिनुहुने छ भने अन्य विभिन्न विधाका विशेषज्ञबाट समेत प्रशिक्षण दिइने छ । प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौंको तर्फबाट एकएक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

त्यसैगरी मिस ट्यालेन्ट उपाधि विजेतालाई पनि एकवर्षको छात्रवृत्तिसहित १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । गतवर्षदेखी हरेक सहभागीलाई उनीहरूमा निहित क्षमता र प्रतिभा पहिचान गरी सोहीअनुसार उपाधिसहित सम्मान गरिदै आएको छ ।

प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगितामा विभिन्न विद्यालयमा कक्षा चारदेखि कक्षा आठसम्म अध्ययनरत ८ देखी १३ वर्ष उमेर समुहका बालिका सहभागी हुन पाउने बताए ।

 ‘शैक्षिक कोर्षमा नसमेटिएका तर बदलिँदो समय र प्रविधिका कारण आवश्यक विधामा छात्राहरूलाई दक्ष बनाउन र उनीहरूमा निहित प्रतिभा प्रस्फुटन, आत्मविश्वास, व्यक्तित्व विकास एवं सिर्जनात्मक कार्यमा प्रेरित गर्न मिस लिटिल आइडल आयोजना गरिएको हो’, अध्यक्ष राईले भने ।

प्याब्सन काठमाडौँकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल) ले प्रतियोगितामा परिचय राउन्ड, कल्चरल राउन्ड, स्पिच राउन्ड, टप १५ राउन्ड र टप ७ राउन्ड गरी पाँच चरणमा प्रतिष्पर्धा गराइने जानकारी दिइन् ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ३ : ४३ बजे

वैशाखयता विपद्‌मा परेर १२१ को मृत्यु

काठमाडौं– वैशाख १ गतेदेखि असार १६ गतेसम्मको अवधिमा  देशभर भएका

सुस्तावासीको माग- भारतको सामना गर्न लालपुर्जा, नागरिकता र ’जङ्गे पिलर’ देऊँ

काठमाडौं– नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र

लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला

काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा

सभामुख डीपी अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको