बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति « Khabarhub

बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन् ।

एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक विधेयक २०२३/२४ को स्वीकृतिका लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै यसबारे जनाकारी गराएका हुन् ।

प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएको समस्या पुरानै भएको बताउँदै आफू सत्तामा आएपछि चीनले पाकिस्तानलाई आर्थिक समस्या समाधान गर्न मद्दत गरेको पनि उल्लेख गरेका छन् ।

एआरवाई न्युजका अनुसार चीन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले पाकिस्तानलाई सहयोग गरेको र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ लाई रोकिएको ऋण कार्यक्रमको पुनरुत्थानको आश्वासन दिइएको पनि जनाएका छन् ।

कोषका प्रमुखसँग एक घण्टा लामो टेलिफोन वार्तामा प्रधानमन्त्री शहबाज सरिफले आईएमएफसँगको नवौं समीक्षा जुलाई महिनामा सम्पन्न हुने कुरा दोहोर्याएका छन् । पाकिस्तानको राजनीतिक अस्थिरताबारे टिप्पणी गर्दै उनले राजनीतिक अस्थिरता अन्त्य नगरी आर्थिक विकास सम्भव नहुने पनि बताएका छन् ।

पूर्ववर्ती सरकारको गलत प्रतिबद्धताका कारण आईएमएफले पाकिस्तानलाई विश्वास नगरेको उनको बुझाइ छ । बढ्दो मुद्रास्फीतिले सर्वसाधारणको पीडा थपिएको पनि प्रधानमन्त्रीले स्वीकार गरेका छन् । गठबन्धन सरकारका नीतिहरूका कारण यो आर्थिक समस्या देकिएको भन्दै प्रधानमन्त्री शहबाज शरीफले आगामी दिनहरूमा स्थितिमा सुधार आउने बताएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ४ : २१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा