राष्ट्रियसभा बैठकमा आज विनियोजन विद्येयकमाथि मन्त्रालयगत छलफल हुने « Khabarhub

राष्ट्रियसभा बैठकमा आज विनियोजन विद्येयकमाथि मन्त्रालयगत छलफल हुने


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्र्गत आज पनि राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

हिजोको बैठकमा केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक आजका लागि डाकेका हुन् ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुने कार्यसूची छ ।

यस्तै, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी विकास, गृह, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालय अन्तर्गत विनियोजन शीर्षकमाथि छलफल हुने छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । यसबीचमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच कुनै किसिमको समझदारी नबनेका कारण आजको बैठक पनि एमालेले अवरुद्ध गर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : ४४ बजे

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौं– आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को

नवीकरणीय ऊर्जा र दक्षता कार्यक्रमका लागि दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा