अमेरिकी राष्ट्रपति बाइडेन बेलायतमा « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेन बेलायतमा


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेन लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा बेलायत पुगेका छन् ।

युक्रेनलाई ‘क्लस्टर बम’ पठाउने निर्णयका कारण आलोचित भएका बाइडेनको यो भ्रमणलाई महत्वपुर्ण रुपमा हेरिएको छ ।

बेलायत र क्यानाडाले युक्रेनलाई अमेरिकाले गर्न लागेको बम आपूर्तिको विरोधसमेत गरेका छन् ।

‘क्लस्टर बम’ ले सर्वसाधारणको क्षति बढ्ने भन्दै यी दुइ राष्ट्रहरुले अमेरिकाको विरोध गरेकै बेला बाइडेन बेलायत पुगेका हुन् ।

बेलायतमा रहँदा उनले बेलायती राजा चाल्र्ससँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले सोमबारै बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेटघाट गर्नेछन् ।

बाइडेन र बेलायती प्रधानमन्त्री सुनकबीच नेटो शिखर सम्मेलनमा युक्रेनलाई पनि समावेश गर्ने विषयमा छलफल हुने आँकलन छ ।

बाइडेनको बेलायत भ्रमणअघि प्रधानमन्त्री सुनकले बेलायत अमेरिकाको सबैभन्दा महत्वपूर्ण ब्यापार, रक्षा र कुटनीतिक साझेदार रहेको उल्लेख गदै बाइडेनको बेलायत भ्रमण निकै महत्वपूर्ण रहेको बताए ।

बेलायतबाट बाइडेन मंगलबार लिथुआनिया जानेछन् । फिनल्याण्ड नेटोमा आवद्ध भएपछि पहिलो पटक शिखर सम्मेलन हुन लागेको हो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ८ : ४१ बजे

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक