अमेरिकी राष्ट्रपति बाइडेन बेलायतमा « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेन बेलायतमा


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेन लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा बेलायत पुगेका छन् ।

युक्रेनलाई ‘क्लस्टर बम’ पठाउने निर्णयका कारण आलोचित भएका बाइडेनको यो भ्रमणलाई महत्वपुर्ण रुपमा हेरिएको छ ।

बेलायत र क्यानाडाले युक्रेनलाई अमेरिकाले गर्न लागेको बम आपूर्तिको विरोधसमेत गरेका छन् ।

‘क्लस्टर बम’ ले सर्वसाधारणको क्षति बढ्ने भन्दै यी दुइ राष्ट्रहरुले अमेरिकाको विरोध गरेकै बेला बाइडेन बेलायत पुगेका हुन् ।

बेलायतमा रहँदा उनले बेलायती राजा चाल्र्ससँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले सोमबारै बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेटघाट गर्नेछन् ।

बाइडेन र बेलायती प्रधानमन्त्री सुनकबीच नेटो शिखर सम्मेलनमा युक्रेनलाई पनि समावेश गर्ने विषयमा छलफल हुने आँकलन छ ।

बाइडेनको बेलायत भ्रमणअघि प्रधानमन्त्री सुनकले बेलायत अमेरिकाको सबैभन्दा महत्वपूर्ण ब्यापार, रक्षा र कुटनीतिक साझेदार रहेको उल्लेख गदै बाइडेनको बेलायत भ्रमण निकै महत्वपूर्ण रहेको बताए ।

बेलायतबाट बाइडेन मंगलबार लिथुआनिया जानेछन् । फिनल्याण्ड नेटोमा आवद्ध भएपछि पहिलो पटक शिखर सम्मेलन हुन लागेको हो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ८ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै