पाकिस्तानमा घर भत्किँदा ६ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा घर भत्किँदा ६ जनाको मृत्यु


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लाहोर– पाकिस्तानको पञ्जाब प्रान्तको एक होटलमा आइतबार ग्यास सिलिन्डर विस्फोट भएर घर भत्किँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनापछि तीन तले भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । चार–पाँच जना भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।

पञ्जाब प्रान्तको झेलमको ग्रान्ड ट्रंक (जीटी) रोडमा रहेको तीन तले होटलको भान्साकोठामा सिलिन्डर विस्फोट भएपछि भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन्।

न्यूज च्यानल जियोले झेलमका उपायुक्त समिउल्लाह फारुकलाई उद्धृत गर्दै सो घटनामा छ जनाको मृत्यु भएको र १० जना घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको पुष्टि गरेको छ।

झेलमका डिप्टी कमिश्नर समिउल्लाह फारुकले सम्पूर्ण भग्नावशेष हटाउने कार्य जारी रहने बताए । भग्नावशेष हटाउन भारी मेसिनको प्रयोग भइरहेको झेलम प्रहरीले जनाएको छ ।

घटनापछि जिल्ला सदरमुकाम अस्पतालमा आपतकालीन अवस्था लागू गरी सम्पूर्ण कर्मचारी र चिकित्सकलाई ड्युटीमा बोलाइएको छ । थप उपायुक्त (राजस्व) हसन तारिकले घाइतेहरूको उपचार भइरहेको झेलम जिल्ला सदरमुकाम अस्पतालमा सबै वरिष्ठ चिकित्सक र कर्मचारीहरू उपस्थित रहेको बताए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ९ : १९ बजे

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक