ढिकी–जाँतोको संरक्षण गर्दै आमा समूह | Khabarhub Khabarhub

ढिकी–जाँतोको संरक्षण गर्दै आमा समूह


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेका छन् ।

परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले जानकारी दिइन् ।

विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानीपिसानीका लागि जाँतो र ढिकीको प्रयोग गर्ने भए पनि अहिले हराएर जाने अवस्था आएपछि परम्परागत कुटानीपिसानीका साधनलाई संरक्षण गरिएको उनको भनाइ छ ।

आमा समूहले गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा भवनसँगै खेल मैदानसमेत निर्माण गरेका छन् । खेल मैदान निर्माण भएपछि महतारे, कोसेपानीलगायतका बस्तीका बालबालिकालाई खेल खेल्नका लागि सहज भएको छ ।

गण्डकी प्रदेश सरकारमार्फत भौतिक पूर्वाधार विकास कार्यालयमार्फत चार लाख ५० हजार र गाउँपालिकामार्फत पाँच लाख ३४ हजार बजेटबाट आमा समूहको भवन र खेलमैदान निर्माणसँगै घेराबारसमेत निर्माण गरेका छन् ।

नवनिर्मित भवनको एउटा कोठामा ढिकी र जाँतोलाई राखिएको छ भने अर्को कोठालाई समूहको बैठक कक्ष बनाइएको छ ।

भवन निर्माण भएपछि समूहको बैठक बस्न व्यक्तिको घर, आँगन र खुला चौतारीमा बस्नुपर्ने बाध्यता हटेको आमा समूहका सचिव राधिका खत्रीले जानकारी दिइन् ।

भवन, खेलमैदान र घेराबार गर्न आमा समूहले समेत नगद रु करिब ५० हजार लगानी गरेका छन भने जनश्रमदानसमेत गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ११ : ५१ बजे

गोरखाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

गोरखा– उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ

प्रोपर्टी मार्केट खस्किएपछि समस्यामा चिनियाँ

चीनमा ध्वस्त भएको प्रोपर्टी मार्केटको असर यत्रतत्र पर्न थालेको छ।

स्पेनिस ला लिगा : सेल्टा भिगो र कार्डिजले खेले बराबरी

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगो र कार्डिजले बराबरी

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्ने

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि

अटिजम भएका बालबालिकाको हेरचाह कसरी गर्ने ?

विश्वको जनसंख्याको एक प्रतिशत बालबालिका अटिजमको सिकार भएका छन्। नेपालमा