पहिरोको उच्च जोखिममा परेपछि स्थानीय घर छोड्न बाध्य « Khabarhub

पहिरोको उच्च जोखिममा परेपछि स्थानीय घर छोड्न बाध्य


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले सिङ्गो गाउँनै जोखिममा पर्‍यो । स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए । बर्खा सकिएपछि पहिरोको जोखिममा रहेकै घरमा उनीहरु फर्किए ।

यस वर्ष पनि बर्खा सुरु भएपछि बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोलाका स्थानीय बासस्थान छोडेर अन्यत्र आश्रय लिन पुगेका छन् ।

गाउँमाथिको पहाड खसेपछि जोखिममा परेको रामतोला बस्तीमा यस वर्ष वर्षा लागेसँगै पहिरो झर्न थालेको छ । पहिरो झर्न थालेपछि स्थानीयलाई कसरी ज्यान जोगाउने भन्ने चिन्ता बढेको स्थानीय कुलराज शर्माले बताए । उनका अनुसार स्थानीय रातभर जागराम बस्ने गरेका छन् ।

यहाँका आठ घर उच्च जोखिममा छन् भने अन्य सात घर पनि पहिरोको जोखिममा छन् । यसअघिका पहिराले गाउँमा भएका दुई वटा खानेपानीको ट्याङ्कीसमेत बगाउँदा खानेपानीको समस्या थियो ।

हिउँदको समय घरमै जसोतसो बसे पनि बर्खामा निकै त्रास हुने उनको भनाइ थियो । उनले हिउँदभरी आफ्नै घरमा बसेको सुनाउँदै असार लाग्नासाथ अरुको घरमा बस्न थालेको बताए । अहिले पनि वस्तुभाउ जोखिमपूर्ण अवस्थामा रहेको गोठमा बाँधेको भन्दै आफ्नो परिवार स्थानीय तोयनाथ पौडेलको घरमा बस्दै आएको शर्माले जानकारी दिए ।

बर्खा लागेर पहिरो झर्न थालेपछि ज्यान बचाउन स्थानीय ढालनाथ पौडेल चितवन र तुलबहादुर नेपालीले जैमिनीको कुश्मिसेरा बस्न थालेको बताए । पौडेल र नेपालीको अघिल्लो वर्षमा गएको पहिरोले घर गोठमा क्षति पुगेको थियो । चार जनाको परिवारसहित अरुको घरमा बस्दा धेरै समस्या भोग्नु परेको उनको भनाइ थियो ।

पहिरोले तहसनहस हुँदा बागलुङ नगरपालिकाले २५ हजार र रेडक्रसले एउटा त्रिपाल दिएको भन्दै शर्माले अन्य निकायबाट कुनै पनि सहयोग नपाएको गुनासो पोख्नुभयो । उनका अनुसार गतवर्ष भासिएको ठाउँमा अहिले पनि पहिरो जानुका साथै जमिन भासिरहेको छ ।

सोही गाउँका वीरबहादुर क्षेत्रीले पनि आफ्नो पाँच जनाको परिवारसहित आफन्तकोमा आश्रय लिएका थिए । गत वर्षको पहिरोले क्षेत्रीको खेतबारी बगाइ दिएको थियो । घर पनि उच्च जोखिममा हुँदा स्थानीय चन्द्रबहादुर केसीको घरमा बस्दै आएको उनले बताए । गतवर्ष बर्खा रोकिएपछि जेठसम्म आफ्नै घरमा बसेको भन्दै असार दोस्रो सातादेखि आफन्तकोमा बस्दै आएको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १ : १५ बजे

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक