पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाको मृत्यु « Khabarhub

पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाको मृत्यु


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् । यही अवधीमा चट्याङका कारण छ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२, सुदूरपश्चिम प्रदेशमा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले ज्यान गुमाएका छन् ।

सो अवधिमा चट्याङका कारण रु छ करोड आठ लाख ८५ हजार सात सय ६० बराबरको आर्थिक क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा अनुमानित रु दुई करोड ७९ लाख ३४ हजार पाँच सय र सबैभन्दा कम कर्णाली प्रदेशमा रु २३ लाख ९२ हजार चार सय ३० को क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

लुम्बिनी प्रदेशमा रु ९२ लाख ३८ हजार तीन सय ३०, बागमती प्रदेशमा रु ७९ लाख ८२ हजार, मधेस प्रदेशमा रु ५९ लाख ७९ हजार, गण्डकी प्रदेशममा रु ४९ लाख ३६ हजार पाँच सय र सुदूरपश्चिम प्रदेशमा रु २४ लाख ३३ हजार बराबरको आर्थिक क्षति पुगेको छ । चट्याङका कारण मुलुकभर कूल ५७ वटा भौतिक पूर्वाधार क्षति पुगेको छ ।

जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १५ र सबैभन्दा कम गण्डकी प्रदेशमा ४ क्षति भएको छ । कोशी प्रदेशमा १४, कर्णाली प्रदेशमा सात, मधेस र बागमती प्रदेशमा छ/छ र सुदूरपश्चिम प्रदेशमा पाँच वटा पूर्वाधारमा क्षति पुगको छ । सो अवधिमा कूल तीन हजार एक सय ८७ वटा पशुचौपायाको क्षति भएको छ ।

जसमध्ये कर्णाली प्रदेशमा एक हजार पाँच सय चार, मधेस प्रदेशमा ३५, सुदूरपश्चिम प्रदेशमा आठ सय ४७, कोशी प्रदेशमा दुई सय ८९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ७१ र बागमती प्रदेशमा ७२ वटा पशुचौपायामा क्षति भएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ३ : ५५ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर