कोरोना भाइरसको उद्गम वुहान प्रयोगशालामा भएको हो ? नयाँ तथ्य सार्वजनिक | Khabarhub Khabarhub

कोरोना भाइरसको उद्गम वुहान प्रयोगशालामा भएको हो ? नयाँ तथ्य सार्वजनिक


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ७० लाखभन्दा धेरैको ज्यान लिनेगरी सन् २०१९ मा सुरु भएको कोरोना भाइरसको उद्गमबारे धेरैको चासो हुने गरेको छ । कहाँ र कसरी कोरोना भाइरसको सुरुवात भयो भन्नेबारे अझै स्पष्ट छैन । यसैबीच कोरोना भाइरस चीनको वुहानबाट सुरु भएको खुलेको छ ।

वुहान इन्स्टिच्युटमा काम गर्ने एक जना शोधकर्ताले कोरोना भाइरस आफ्ना शत्रु मुलुकविरुद्ध प्रयोग गर्न चीनले विकास गरेको जैविक हतियार रहेको खुलासा गरेका हुन् । वुहान इन्स्टिच्युटका शोधकर्ता चाओ शाओले जनाएअनुसार उनका केही सहकर्मीलाई कोरोना भाइरसका चारवटा ‘स्ट्रेन’ जाँच गरी त्यो कति घातक छ भन्नेबारे शोध गर्ने जिम्मा दिइएको थियो ।

जेनिफर जेङसँगको कुराकानीमा चाओ शाओले कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ मा वुहानमा आयोजित सैन्य खेलकुदमा सहभागी अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य एवम् सरसफाईको अवस्थाबारे जानकारी लिन भाइरोलोजिस्टहरुलाई खटाइएकोसमेत दाबी गरेका छन् ।

भाइरोलोजिस्टहरुलाई जनरल फिजिसियनजस्तै काममा खटाएपछि भने आफू सशंकित भएको उनको भनाइ छ । सन् २०१९ मा सुरु भएको कोरोना भाइरसको महामारीका कारण ७० लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसको उद्गमबारे उनको खुलासा संक्षिप्तमात्रै भएको र यसबारे अझ विस्तृत अध्ययन बाँकी नै रहेको बताइएको छ । यसअघि चीनले कोरोना भाइरसको उद्गम वुहान भाइरोलोजी इन्स्टिच्युट रहेको भन्ने दाबीको खण्डन गर्दै आएको छ ।

सन् २००३ तिरबाट कोरोना भाइरस विकासको सुरुवात भएको बताइएको छ । त्यसबेला वुहान भाइरोलोजी इन्स्टिच्युटका वैज्ञानिकहरुले चमेराका गुफाहरुमा पुगेर भाइरसबारे शोध गरेका थिए ।

यसअघि सन् २०१६ मा पनि चीनको युनान प्रान्तमा सार्सजस्तै भाइरसको लक्षणबाट केही मानिसहरु पीडित भएको पाइएको थियो ।

वैज्ञानिकहरुले यसलाई कोरोना भाइरसको संक्रमणसँग तुलना गरेपनि त्यसबेला यसबारे धेरै जानकारी सार्वजनिक गरिएको थिएन ।

लण्डनको सन्डे टाइम्समा सार्वजनिक अनुसन्धान रिपोर्टले पनि कोरोना भाइरसको उद्गमबारे खुलासा गरेको थियो । एक जना अनुसन्धानकर्ताका अनुसार कोरोना भाइरसको उद्गम, विस्तार र ढाकछोपमा वुहान भाइरोलोजी इन्स्टिच्युट संलग्न रहेको स्पष्ट हुँदै गएको छ ।

सन्डे टाइम्सको रिपोर्टअनुसार वुहान भाइरोलोजी इन्स्टिच्युट विश्वव्यापी जैविक हतियार विकास गर्ने सैन्य कार्यक्रममा संलग्न रहेको थियो ।

त्यहाँ काम गर्ने वैज्ञानिकहरुले जैविक हतियारका साथसाथै यसविरुद्ध प्रयोग हुने खोपको पनि विकास गरिरहेका थिए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : ५३ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल