कोरोना भाइरसको उद्गम वुहान प्रयोगशालामा भएको हो ? नयाँ तथ्य सार्वजनिक « Khabarhub

कोरोना भाइरसको उद्गम वुहान प्रयोगशालामा भएको हो ? नयाँ तथ्य सार्वजनिक


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ७० लाखभन्दा धेरैको ज्यान लिनेगरी सन् २०१९ मा सुरु भएको कोरोना भाइरसको उद्गमबारे धेरैको चासो हुने गरेको छ । कहाँ र कसरी कोरोना भाइरसको सुरुवात भयो भन्नेबारे अझै स्पष्ट छैन । यसैबीच कोरोना भाइरस चीनको वुहानबाट सुरु भएको खुलेको छ ।

वुहान इन्स्टिच्युटमा काम गर्ने एक जना शोधकर्ताले कोरोना भाइरस आफ्ना शत्रु मुलुकविरुद्ध प्रयोग गर्न चीनले विकास गरेको जैविक हतियार रहेको खुलासा गरेका हुन् । वुहान इन्स्टिच्युटका शोधकर्ता चाओ शाओले जनाएअनुसार उनका केही सहकर्मीलाई कोरोना भाइरसका चारवटा ‘स्ट्रेन’ जाँच गरी त्यो कति घातक छ भन्नेबारे शोध गर्ने जिम्मा दिइएको थियो ।

जेनिफर जेङसँगको कुराकानीमा चाओ शाओले कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ मा वुहानमा आयोजित सैन्य खेलकुदमा सहभागी अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य एवम् सरसफाईको अवस्थाबारे जानकारी लिन भाइरोलोजिस्टहरुलाई खटाइएकोसमेत दाबी गरेका छन् ।

भाइरोलोजिस्टहरुलाई जनरल फिजिसियनजस्तै काममा खटाएपछि भने आफू सशंकित भएको उनको भनाइ छ । सन् २०१९ मा सुरु भएको कोरोना भाइरसको महामारीका कारण ७० लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसको उद्गमबारे उनको खुलासा संक्षिप्तमात्रै भएको र यसबारे अझ विस्तृत अध्ययन बाँकी नै रहेको बताइएको छ । यसअघि चीनले कोरोना भाइरसको उद्गम वुहान भाइरोलोजी इन्स्टिच्युट रहेको भन्ने दाबीको खण्डन गर्दै आएको छ ।

सन् २००३ तिरबाट कोरोना भाइरस विकासको सुरुवात भएको बताइएको छ । त्यसबेला वुहान भाइरोलोजी इन्स्टिच्युटका वैज्ञानिकहरुले चमेराका गुफाहरुमा पुगेर भाइरसबारे शोध गरेका थिए ।

यसअघि सन् २०१६ मा पनि चीनको युनान प्रान्तमा सार्सजस्तै भाइरसको लक्षणबाट केही मानिसहरु पीडित भएको पाइएको थियो ।

वैज्ञानिकहरुले यसलाई कोरोना भाइरसको संक्रमणसँग तुलना गरेपनि त्यसबेला यसबारे धेरै जानकारी सार्वजनिक गरिएको थिएन ।

लण्डनको सन्डे टाइम्समा सार्वजनिक अनुसन्धान रिपोर्टले पनि कोरोना भाइरसको उद्गमबारे खुलासा गरेको थियो । एक जना अनुसन्धानकर्ताका अनुसार कोरोना भाइरसको उद्गम, विस्तार र ढाकछोपमा वुहान भाइरोलोजी इन्स्टिच्युट संलग्न रहेको स्पष्ट हुँदै गएको छ ।

सन्डे टाइम्सको रिपोर्टअनुसार वुहान भाइरोलोजी इन्स्टिच्युट विश्वव्यापी जैविक हतियार विकास गर्ने सैन्य कार्यक्रममा संलग्न रहेको थियो ।

त्यहाँ काम गर्ने वैज्ञानिकहरुले जैविक हतियारका साथसाथै यसविरुद्ध प्रयोग हुने खोपको पनि विकास गरिरहेका थिए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : ५३ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रिय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रिय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.