२६ वटा राफेल विमान खरिद गर्दै भारत | Khabarhub Khabarhub

२६ वटा राफेल विमान खरिद गर्दै भारत


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –भारतले फ्रान्सबाट २६ वटा राफेल लडाकु विमान र तीन स्कोर्पेन पनडुब्बी खरिद गर्ने भएको छ ।

भारतीय रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार लडाकु विमान र पनडुब्बी खरिदको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न फ्रान्स भ्रमणको क्रममा हुने संभावना छ । मुलुकले सामना गर्नुपरेका सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै भारतीय नौसेनाले विमान र पनडुब्बी खरिदका निम्ति सरकारलाई निरन्तर दबाब दिँदै आएको थियो ।

विमान र पनडुब्बी खरिदका निम्ति ९० हजार करोड भारतीय रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको भए पनि फ्रान्ससँगको खरिद सम्झौता वार्ता निष्कर्षमा नपुगेकाले लागत यकिन हुन नसकेको बताइएको छ । भारतले सम्झौतामा मूल्य सहुलियत खोज्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ८ : ४८ बजे

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको

सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको

डुबानमा परेकालाई सुरक्षित स्थानमा सारियो

कञ्चनपुर– आइतरबारदेखिको निरन्तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनीमा ५२ घर र

कोशी ब्यारेजका ३४ ढोका खोलिए

धरान– सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । जिल्ला प्रहरी