पाकिस्तानको तल्लो सदन राष्ट्रियसभा विघटन, ९० दिनभित्र निर्वाचन हुने | Khabarhub Khabarhub

पाकिस्तानको तल्लो सदन राष्ट्रियसभा विघटन, ९० दिनभित्र निर्वाचन हुने


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शाहबाज सरिफको सल्लाहमा गएराति संसदको तल्लो सदन राष्ट्रिय सभा विघटन गरेका छन् । संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ ।

पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो ।  प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रिय सभा भंग गर्न सिफारिस गरेका थिए ।

संसदको तल्लो सदनको कार्यकाल सकिन तीन दिनअघि प्रधानमन्त्री शाहबाजले राष्ट्रपति अल्वीलाई विघटनको सल्लाह पठाएका हुन् । 

राष्ट्रिय सभा विघटनसँगै प्रधानमन्त्रीको मन्त्रिपरिषद् पनि विघटन भएको छ । तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री शाहबाज सरिफ पदमा रहनेछन्। 

नेशनल एसेम्बलीको समयपूर्व विघटन भएमा पाकिस्तानको निर्वाचन आयोगले ९० दिनभित्र निर्वाचन गराउनेछ। राष्ट्रियसभाको संवैधानिक कार्यकाल पूरा भएको भए ६० दिनभित्र निर्वाचन हुने थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ९ : ०४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र