नेपालकी सरस्वती नेपालीलाई अमेरिकी ‘जीएआरसी’ अवार्ड « Khabarhub

नेपालकी सरस्वती नेपालीलाई अमेरिकी ‘जीएआरसी’ अवार्ड


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जीएआरसी) नेपाली नागरिक सरस्वती नेपालीलाई प्रदान गरेको छ ।

एक प्रशंसित सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा उनले नेपालमा सीमान्तकृत जाति, अपाङ्ग र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्षभन्दा बढी समय बिताएको उल्लेख गर्दै सो अवार्ड प्रदान गरिएको जनाइएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्नो आधिकारिक सामाजिक फेसबुक मार्फत  अवार्ड विजेता नेपालीको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएको उल्लेख छ ।

यस्तै, उनले २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभाव विरुद्धको मुद्दाहरू जितेको दूतावासले जनाएको छ ।

दूतावासले सम्मान र समानताको खोजीमा उनको योगदान साहस र समर्पणको उदाहरण भएको बताएको छ ।

नेपालकी सरस्वतीसँगै जीएआरसी अवार्ड अन्य पाँच देशका नागरिकले पनि प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ९ : २८ बजे

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी

एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत

मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक तथा प्राङ्गारिक

राष्ट्रपतिबाट संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन