बंगलादेशमा विपदमा परेकाहरूको उद्धारका लागि सेना परिचालन « Khabarhub

बंगलादेशमा विपदमा परेकाहरूको उद्धारका लागि सेना परिचालन


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बंगलादेशमा भीषण वर्षापछिको विपद्जन्य घटनाबाट प्रभावितहरूको उद्धारका लागि सेना परिचालन गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बंगलादेशको राजधानी ढाकाबाट करिव २ सय ४० किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिक परिचालन गरिएको हो ।

चट्टोग्रामको कोक्स बजार जिल्लामा सोमबारदेखि भएको वर्षापछिको विपद्का कारण ६ जनाको ज्यान गइसकेको जनाइएको छ । 

कक्सबजार जिल्लाको दुर्गम पहाडी क्षेत्रमा पहिरोले घरको पर्खाल भत्किँदा दुई बालबालिकाको पनि मृत्यु भएको बताइएको छ । बाढी प्रभावित क्षेत्रमा आपतकालीन राहत र चिकित्सा सहायतासहितको उद्धार कार्य जारी रहेको रक्षा मन्त्रालयअन्तर्गतको अन्तरसेवा जनसम्पर्कले जनाएको छ ।

वर्षाका कारण बढी आश्रयस्थलहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने बंगलादेशको बन्दरगाह शहर चट्टोग्रामलाई पनि क्षति पुर्‍याएको छ । तराईका क्षेत्रहरू डुबानमा परेका छन् र सडक यातायात अवरुद्ध भएको छ । 

 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १२ : ३२ बजे

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

शुक्लागण्डकीमा तीन जनाको हत्या अभियोगमा पक्राउ परेका सार्वजनिक

दमौली– जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा