बागलुङ र जैमिनी नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र « Khabarhub

बागलुङ र जैमिनी नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गलकोट– जिल्लाको बागलुङ र जैमिनी नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । बागलुङका १४ र जैमिनी नगरपालिकाका १० वडामा  मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।

केन्द्र स्थापनासँगै वडातहमै सामान्य घरायसी मुद्दा, अंशबन्डा र कानुनी सल्लाह पाइने भएको छ । न्यायिक समितिको प्रभावकारी कामका लागि वडास्तरमा केन्द्र स्थापना गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक राजु खड्काले जानकारी दिए। उनका अनुसार पालिकाअन्तर्गत न्यायिक समितिले ८५ जना मेलमिलाप कर्ता तयार गरी केन्द्र स्थापना गरेको हो ।

वडा नं १ बाट केन्द्र स्थापनाको अभियान सुरु गरी ११ वडाको रायडाँडामा पुगेर सम्पन्न भएको खड्काको भनाइ थियो । यससँगै नगरका १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना भएका छन् । नगरका सबै वडामा केन्द्र स्थापना भएसँगै सञ्चालनसम्बन्धी कार्यविधिको तयारी, कार्यालय व्यवस्थापन, मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम र स्रोतसाधनको आवश्यक व्यवस्था मिलाउने काम अघि बढाइने खड्काले जानकारी दिए। 

वडाको विवाद वडामै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । स–साना विवाद अब वडातहबाटै समाधान हुने उनको भनाइ थियो । न्याय निरुपणका लागि सहज होस् भनेर नगरपालिकाअन्तर्गत न्यायिक समितिको पहलमा केन्द्र स्थापना गरिएको उनले बताए। 

स्थानीय सरकार गठन भइसकेपछि नागरिकले घरदैलोबाट सेवा पाउनुपर्ने अधिकारलाई सुनिश्चित गरिएको भन्दै केन्द्रमा सूचीकृत मेलमिलापकर्ताले विवादको समाधान गराउने उपप्रमुख शर्माले बताए । उनका अनुसार सामान्य विवादलाई वडामा नै मेलमिलाप गराउने र मेलमिलापमा नगएमा न्यायिक समितिमा छलफल गराउने कानुनी व्यवस्था छ । 

उपप्रमुख शर्माले मेलमिलापकर्ताले दुवै पक्षलाई न्याय हुनेगरि मेलमिलाप गराउने भन्दै यस कार्यमा पूर्ण रुपमा गोपनीयता कायम हुने जनाए। उनले नियमानुसार मेलमिलाप गराउने भएकाले समस्या आएमा केन्द्रमा निवेदन दिन आग्रहसमेत गरे ।   

मेलमिलापसम्बन्धी तालिम लिएका मेलमिलापकर्तालाई सूचिकृत गराउने र वडामा आएका विवादलाई समाधानको तयारी पनि पालिकाले गरिरहेका छन् । प्रत्येक वडामा तीन जना मेलमिलापकर्तालाई तालिम उपलब्ध गराइएको जैमिनी नगरपालिकाले जनाएको छ ।

 केन्द्र स्थापनासँगै आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ३ : १९ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।