विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली, बर्दिया र तनहुँबाट लागूऔषधसहित आठजना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-१४ खुटियाघाटबाट अवैध लागूऔषध चरेश ४ किलो ३० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा प्यूठान लुङ गाउँपालिका-७ बस्ने ४२ वर्षीया मिना बुढाथोकी र रुकुम (पश्चिम) बासिकोट गाउँपालिका-७ बस्ने ३९ वर्षीय भिमसेन खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

कैलालीकै गोदावरी नगरपालिका-४ बुढीतोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ५३ हजार रूपैयाँसहित डोटी जोरायल गाउँपालिका-२ बस्ने २८ वर्षीय मिन बहादुर मालीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका-७ बस्ने २८ वर्षीय अरूण चौधरी समेत चारजनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान साइकल प्रहरीले बरामद गरेको छ । 

तनहुँ, ब्यास नगरपालिका-४ भोर्लेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ९ सय ग्रामसहित सोही नगरपालिका-१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्र बहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  

 

 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ३ : २६ बजे

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ 

काठमाडौँ- वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने

बाँकेमा पाटेबाघ मृत फेला

नेपालगञ्ज – बाँकेमा एउटा पाटेबाघ मृत फेला परेको छ। राप्ती

अनिवार्य योग-ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले आफ्ना कर्मचारीलाई बिहान कार्यालय सयम सुरु भएपछि

राष्ट्र बैंकद्वारा वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन सार्वजनिक, सबैभन्दा धेरै भारतबाट (प्रतिवेदनसहित)

काठमाडौँ- नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ– दशैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको