दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु « Khabarhub

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक आशिष अधिकारीको मृत्यु भएको छ।

स्थानीय पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लु १ क ०८४५ नम्बरको ट्याङ्कर सडक छेउको रुखमा ठोकिएर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल, बुटवलमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

ट्याङ्कर चालक महेशप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १ : ४१ बजे

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य