वन क्षेत्रलाई रोजगारी-आम्दानीको स्रोत बनाउन आवश्यक « Khabarhub

वन क्षेत्रलाई रोजगारी-आम्दानीको स्रोत बनाउन आवश्यक


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वन क्षेत्रलाई रोजगारी सिर्जना र आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताएका छन् । 

सामुदायिक वन दिवस-२०८० का अवसरमा आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-२ रविस्थित अल्छेचौरमा नेकपा (एमाले) वन तथा वातावरण विभागद्वारा आज आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा उनले वन क्षेत्रको सुरक्षा गर्दै यसको बहुआयामिक ढंगले उपयोग गर्नुपर्ने बताएका हुन् ।   

‘अबको समयमा वन क्षेत्रलाई रोजगारी र आम्दानीको स्रोत बनाउने काम गर्नुपर्दछ’, पूर्व प्रधानमन्त्री ओलीले भने, ‘वनक्षेत्रलाई व्यवस्थितरूपले सुरक्षित गर्दै ठूला रुखमा लहरेफल तथा मसलाजन्यलगायत फलफूल हावापानी अनुकूल रोपेर सदुपयोग गर्नुपर्दछ ।’ उनले सामुदायिक वनसँग मिलेर ‘वनलाई वनको रूपमा विकास गर्न’ स्थानीय तहलाई आग्रह गरे ।  

अध्यक्ष ओलीले खेर गएका ठाउँलाई वृक्षरोपण गरी सुन्दर र आकर्षित पर्यटकीयस्थल बनाउन सकिने बताए। उनले भने, ‘स्थानीय तहले त अब हावापानी अनुकूल हेरेर स्थानीय वन-जंगललाई कृषि वनका रूपमा विकास गर्नुपर्दछ ।’

केही वर्षदेखि वैज्ञानिक वन-जंगलका नाममा पुराना सालघारी नष्ट गरिएकोमा उनले दुःखेसो पोख्दै दीर्घकालीन सोच नबनाउँदा आफूले नियन्त्रण गर्ने प्रयास गरेको बताए । वातावरणका लागि नेपालजस्तो अनुकूल भू-भाग अरु देशले नछुट्याएको उनको भनाइ थियो । 

कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटा, एमाले जिल्लाध्यक्ष अशोक ब्याञ्जूलगायतले मानव जीवनका लागि प्रमुख आवश्यक प्रकृति बचाउँदै विकास गर्नुपर्ने धारणा व्यक्त गरे । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ५ : ३० बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव