वन क्षेत्रलाई रोजगारी-आम्दानीको स्रोत बनाउन आवश्यक « Khabarhub

वन क्षेत्रलाई रोजगारी-आम्दानीको स्रोत बनाउन आवश्यक


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वन क्षेत्रलाई रोजगारी सिर्जना र आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताएका छन् । 

सामुदायिक वन दिवस-२०८० का अवसरमा आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-२ रविस्थित अल्छेचौरमा नेकपा (एमाले) वन तथा वातावरण विभागद्वारा आज आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा उनले वन क्षेत्रको सुरक्षा गर्दै यसको बहुआयामिक ढंगले उपयोग गर्नुपर्ने बताएका हुन् ।   

‘अबको समयमा वन क्षेत्रलाई रोजगारी र आम्दानीको स्रोत बनाउने काम गर्नुपर्दछ’, पूर्व प्रधानमन्त्री ओलीले भने, ‘वनक्षेत्रलाई व्यवस्थितरूपले सुरक्षित गर्दै ठूला रुखमा लहरेफल तथा मसलाजन्यलगायत फलफूल हावापानी अनुकूल रोपेर सदुपयोग गर्नुपर्दछ ।’ उनले सामुदायिक वनसँग मिलेर ‘वनलाई वनको रूपमा विकास गर्न’ स्थानीय तहलाई आग्रह गरे ।  

अध्यक्ष ओलीले खेर गएका ठाउँलाई वृक्षरोपण गरी सुन्दर र आकर्षित पर्यटकीयस्थल बनाउन सकिने बताए। उनले भने, ‘स्थानीय तहले त अब हावापानी अनुकूल हेरेर स्थानीय वन-जंगललाई कृषि वनका रूपमा विकास गर्नुपर्दछ ।’

केही वर्षदेखि वैज्ञानिक वन-जंगलका नाममा पुराना सालघारी नष्ट गरिएकोमा उनले दुःखेसो पोख्दै दीर्घकालीन सोच नबनाउँदा आफूले नियन्त्रण गर्ने प्रयास गरेको बताए । वातावरणका लागि नेपालजस्तो अनुकूल भू-भाग अरु देशले नछुट्याएको उनको भनाइ थियो । 

कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटा, एमाले जिल्लाध्यक्ष अशोक ब्याञ्जूलगायतले मानव जीवनका लागि प्रमुख आवश्यक प्रकृति बचाउँदै विकास गर्नुपर्ने धारणा व्यक्त गरे । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ५ : ३० बजे

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानका क्रममा सह–पाइलटसँग विमानको

कांग्रेसले सरकारलाई भयो- साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक